Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3337 - 3342 of 23511
फिल्मीखबर, काठमाडौं, २०८० भाद्र १३, बुधवार

फिल्मसम्बन्धी अवार्डमा सबैभन्दा महत्त्वपूर्ण विधा भनेकै ‘उत्कृष्ट फिल्म’ हो । तर, फिल्म क्षेत्रकै अभिभावक संस्था चलचित्र विकास बोर्डले मंगलबार राष्ट्रपति कार्यालयमा गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार’मा उक्त विधामा अवार्ड नै बाँडिएन । जसका कारण राष्ट्रिय अवार्ड विवादमा तानिएको छ । ‘उत्कृष्ट फिल्म’को विधा नै नसमेटिएको अवार्डको कुनै औचित्य नहुने भन्दै टिप्पणी भैरहेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० भाद्र १२, मंगलवार

चलचित्र विकास बोर्डले मंगलबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजना गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार समारोह’मा फिल्म ‘महापुरुष’बाट हरिवंश आचार्यले उत्कृष्ट अभिनेता र फिल्म ‘प्रकाश’बाट दीया मास्केले उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा वितरण गरिएको अवार्ड ग्रहण गर्नका लागि हरिवंश स्टेज चढेका थिए भने दीया अनुपस्थित थिइन् ।

फिल्मीखबर, काठमाडौं, २०८० भाद्र १२, मंगलवार

नेपालीबीच चर्चित एउटा उखान छ, ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा ।’ यो उखानलाई विर्साउने गरी मंगलबार चलचित्र विकास बोर्डले राष्ट्रपति कार्यालय शितल निवासमा ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह-२०८०’ आयोजना गरेको छ । अवार्डमा सबैभन्दा महत्त्वपूर्ण मानिने ‘उत्कृष्ट फिल्म’को अवार्ड राष्ट्रिय पुरस्कारबाटै गायब भयो । अर्थात् उक्त विधामा अवार्ड नै बाँडिएन ।

फिल्मीखबर, काठमाडौं, २०८० भाद्र १२, मंगलवार

अघिल्लो वर्ष फिल्म ‘झिँगेदाउ’ हिट भएपछि अभिनेत्री आँचल शर्मा प्रफुलित थिइन् । चार वर्षपछि उनले हिट फिल्म पाएकी थिइन् । तर, उनलाई ‘झिँगेदाउ’ले दिएको खुसीमा यस वर्षको बैशाखमा आएको फिल्म ‘नाईं नभन्नू ल ६’ले पानी फेरिदियो । यो फिल्म उनको करिअरकै सबैभन्दा ठूलो ‘फ्लप’ बन्न पुग्यो, जसको उनलाई अपेक्षा नै थिएन । किनकि, ‘नाईं नभन्नू ल’ हिट सिरिज थियो ।

फिल्मीखबर, काठमाडौं, २०८० भाद्र १२, मंगलवार

कमर्शियल र आर्ट हाउस दुवै फिल्ममा भिजेका कलाकार नेपालमा सीमित छन् । स्टार कहलिएका कलाकारको त आर्ट हाउसका फिल्म खासै रोजाईमा नै पर्दैन । किनकि, यसलाई व्यावसायिक रुपमा ठूलो जोखिमपूर्ण मानिन्छ । तर, अभिनेत्री स्वस्तिमा खड्का यी दुवै धारका फिल्ममा जमेकी छन् । उनले ‘छक्का पञ्जा’ जस्तो कमर्शियल र ‘बुलबुल’ जस्तो आर्ट हाउसका फिल्म गरेकी छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० भाद्र १२, मंगलवार

अभिनेता सारुक ताम्राकारको निधनपछि फिल्म ‘ह्यासट्याग माया’को निर्माण रोकिएको छ । उनी फिल्मका मुख्य कलाकार थिए । उनको धेरै सिन खिचिसकिएको थियो । अब फिल्म निर्माण हुने सम्भावना न्यून देखिएको छ । किनकि, टिम नै फुटिसकेको छ । फिल्मकी अभिनेत्री नम्रता श्रेष्ठको बारेमा निर्देशक राजीव गुरुङ विभिन्न तथ्यहरु सार्वजनिक गरेपछि ठूलो उथल-पुथल आएको छ ।

Results : 3337 - 3342 of 23511