मिति : २०८१ वैशाख २१, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘चमेलीको पोई’बाट १९ वर्षपछि कमब्याक गर्दै नारायण त्रिपाठी

फिल्मीखबर, काठमाडौं, 2024/02/25

Narayan Tripathi 2

 

कुनै समय नेपाली फिल्ममा हाँस्य चरित्रमा सर्वाधिक रुचाइएका कलाकार नारायण त्रिपाठी (प्रेम चरो) केही वर्षयता अमेरिकामा बसोबास गर्दै आएका छन् । पछिल्लोपटक फिल्म ‘मनमा माया’ (२००५)मा देखिएका उनले अब १९ वर्षपछि फिल्ममा कमब्याक गर्ने भएका छन् । निर्देशक एभरेष्ट सूर्य बोहराले निर्माण गर्न लागेको फिल्म ‘चमेलीको पोई’बाट उनले कमब्याक गर्न लागेका हुन् ।
 
निर्देशक बोहोरा र नारायणले यसअघि पनि सहकार्य गरेका छन् । केही टेलिफिल्म र फिल्म ‘अग्नि परिक्षा’मा उनीहरुबीच सहकार्य भएको थियो । अब ‘चमेलीको पोई’मार्फत् नारायणलाई ‘कमब्याक’ गराउन पाउँदा खुशी लागेको निर्देशक बोहराले बताएका छन् । आगामी वर्ष छायांकन गरेर त्यही वर्ष प्रदर्शन लक्ष्य राखिएको फिल्मका लागि नारायणबाहेक अरु कलाकार चयन भएका छैनन् ।

निर्देशक बोहोराले पछिल्लोपटक फिल्म ‘हेल्लो जिन्दगी’ बनाएका थिए । ‘चमेलीको पोई’का साथै उनी अर्को फिल्म ‘अवतार’ पनि बनाउने तयारीमा छन् । यसअघि उनले ‘अग्नि परिक्षा’, ‘कान्छा’, ‘मुटु’, ‘ठूली’, ‘भैरे’ र ‘श्री’को निर्देशन गरिसकेका छन् । ‘चमेलीको पोई’ले नेपाली समाजको एउटा वास्तविक पाटोलाई उजागर गर्ने उनको दाबी छ । फिल्म कमेडी जनरामा बन्ने शीर्षकले बुझाउँछ ।