
मंगलबार चलचित्र विकास बोर्डले राष्ट्रपति कार्यालयमा आयोजना गरेको राष्ट्रिय चलचित्र पुरस्कारमा मुख्य विधा (उत्कृष्ट फिल्म) नै गायब भएपछि अवार्ड विवादको भुमरीमा फसेको छ । जुरीले उक्त विधामा ‘प्रकाश’को नाम सिफारिस गरेको तर सञ्चार तथा सूचना मन्त्रालयले सरकारमा रहेको माओवादीप्रति लक्षित गरेर फिल्म बनेकाले नाम काटेर पठाएको चर्चा मिडियामा भैरहेको छ ।

‘कबड्डी ४’ र ‘जारी’को ‘रेकर्डब्रेक’ सफलतापछि दयाहाङ राई र मिरुना मगरको जोडी सर्वाधिक डिमाण्डमा छ । र, दुवैले यस वर्ष केही फिल्ममा एकसाथ काम गर्दैछन् । यसबीच, उनीहरुबीच सहकार्य भएको तेस्रो फिल्म ‘नाङ्गो गाउँ’ भदौ २९ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्मको एउटा गीत र टिजर/ट्रेलर सार्वजनिक भइसकेको अवस्थामा एक गीत भने यसै हप्ता छायांकन गरिएको छ ।

सुन्दरी अभिनेत्रीको रुपमा कहलिएकी अभिनेत्री टर्न निर्देशक झरना थापा मंगलबार राष्ट्रपति कार्यालयमा चलचित्र विकास बोर्डद्वारा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार समारोह’मा नयाँ लुक्समा झुल्किँदा धेरैको ध्यान खिच्यो । उनी छोटो कपालमा देखिएकी थिइन् । त्यहाँ प्रायःलाई उनले कपाल काट्नुको रहस्यबारे चासो बढेको थियो । खासमा उनले कपाल काटेको नभइ खौरिएकी रहेछिन् ।

गत बैशाखमा प्रदर्शन भएको फिल्म ‘जारी’पछि कुनै नेपाली फिल्मले घरेलू बक्स अफिसमा उत्साहजनक व्यापार गर्न सकेका छैनन् । गत असारमा प्रदर्शित फिल्म ‘बगान’ले भने बजेट सानो हुँदा जेनतेन लगानी सुरक्षित गर्यो । अब भदौका फिल्मप्रति ठूलो अपेक्षा राखिएको छ । तर, अघिल्ला दुई हप्ताका चार नेपाली फिल्मले गरेको व्यापारले भने केही हदसम्म निराश तुल्याएको अवस्था छ ।

हुन त अवार्ड विवादमा पर्नु नौलो होइन । संसारकै सबैभन्दा प्रतिष्ठित मानिने ओस्कार अवार्ड समेत विवादरहीत हुन सकेको छैन । नेपालमा आयोजना हुने अवार्ड त विवादका पर्याय नै भैसकेका छन् । राज्यको निकाय चलचित्र विकास बोर्डले राष्ट्रपतिबाट प्रदान गर्ने राष्ट्रिय अवार्ड समेत कुनै न कुनै कारणले हरेक पटक विवादमा आइरहेको हुन्छ । र, यसपटक पनि विवादरहीत हुन सकेन ।

अभिनेता सारुक ताम्राकारको निधनपछि फिल्म ‘ह्यासट्याग माया’को निर्माण अन्योल बनेको छ । ४० प्रतिशत छायांकन सकिँदा ५ करोड खर्च भएको दाबी निर्माण टिमले गरेको छ । अब फिल्मको निर्माण नै असम्भव देखिन्छ । निर्देशक तथा निर्माता राजीव गुरुङले सारुकको निधनपछि फिल्मकी मुख्य अभिनेत्री नम्रता श्रेष्ठको विषयमा दिएको अन्तर्वार्ताले टिमभित्र ठूलो उथल-पुथल ल्याएको छ । यसपछि नम्रता र फिल्मको टिमबीच सम्पर्क समेत भएको छैन ।

