
अभिनेता सारुक ताम्राकारको निधनपछि अभिनेत्री नम्रता श्रेष्ठमाथि धेरै प्रश्न उठेका छन् । फिल्म ‘ह्यासट्याग माया’को छायांकनको क्रममा सारुकसँग नम्रताको झगडादेखि तन्त्रमन्त्रको कुरासम्म बाहिर आएका छन् । तर, सारुकको निधनपछि मौन रहेकी नम्रताले सोमबार फेसबुकमा स्टाटस लेख्दै आफूमाथि भैरहेको आक्रमणलाई लिएर प्रतिक्रिया जनाएकी छन् । आफ्नो मौनतालाई कमजोरी नठान्न उनको चेतावनी छ ।

डेब्यू फिल्म ‘ए मेरो हजुर ३’बाटै ‘स्टार’को ट्याग पाएकी सुहाना थापा ‘स्टार किड्स’ हुन् । आमा झरना थापा (अभिनेत्री)को लिगेसी पछ्याउँदै अभिनयमा आएकी उनले घरभित्रका तीनटा फिल्ममा काम गरिसकेकी छन् । ‘ए मेरो हजुर ४’ पनि उनकै मुख्य भूमिका थियो । आगामी भदौ २९ गतेबाट प्रदर्शन हुन लागेको झरना निर्देशित फिल्म ‘एक भगवत् गीता’मा पनि उनी स्वयंको अभिनय छ ।

कोरोना महामारीभन्दा अघिसम्म नेपालमा ओटीटी प्लेटफर्मलाई गम्भीर रुपमा लिइएको थिएन । एकाध सञ्चालनमा त आएका थिए तर कुनै अस्तित्वमा थिएनन् । कोभिडपछि विश्वमै ओटीटीमा फिल्म तथा सिरिज हेर्ने ट्रेन्ड बढ्यो । नेपालमा पनि ओटीटी प्रयोगकर्ता बढे । कोभिडकै समयदेखि एकाएक चर्चामा आएको सिनेमाघर एप अहिले नेपालकै सबैभन्दा ठूलो ओटीटी प्लेटफर्म बनेको छ ।

उदय सुब्बाद्वारा निर्देशित फिल्म ‘दुई कदम’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी मंसिर २९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ । दुईवटा पोस्टरमध्ये एउटामा डेब्यू अभिनेता इओन लिम्बू र डेब्यू अभिनेत्री सिमोन गिरी छातामुनि रोमान्टिक भावमा प्रस्तुत छन् भने अर्कोमा अभिनेता गौरव पहारी बन्दुक पड्काउँदै गरेको अवस्थामा देखिएका छन् । उनको साथमा सिमोन छिन् ।


गत असारमा घरमा मृत अवस्थामा भेटिएका अभिनेता सारुक ताम्राकारको चिन्ताले अस्वस्थ बनेका उनका पिता सानु ताम्राकारको पनि शनिबार निधन भएको छ । उनीप्रति सामाजिक सञ्जालमा फिल्मकर्मीसँगै शुभचिन्तकहरुले श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । यसबीच, सारुकको निधन भएपछि विवादमा तानिएकी अभिनेत्री नम्रता श्रेष्ठले बुबा-छोरा दुवैलाई एकसाथ श्रद्धाञ्जली दिएकी छन् ।

