
‘विवाह गरेपछि अभिनेत्रीको करिअर संकटमा पर्छ’ भन्ने भाष्यलाई गलत प्रमाणित गरिदिएकी स्वस्तिमा खड्का अहिले करिअरको हिसाबले आफ्ना समकालिनभन्दा अगाडि देखिएकी छन् । अभिनयमा परिपक्वता र चरित्र निर्माणमा गर्ने मिहिनेतले उनलाई अब्बल कोटीको अभिनेत्रीको रुपमा समेत चिनाएको छ । र, उनलाई फिल्मको व्यावसायिक सफलताले पनि राम्रैसँग साथ दिइरहेको छ ।

डेढ दशकअघिको सुपरहिट फिल्म ‘मेरो एउटा साथी छ’मा पहिलोपटक आर्यन सिग्देल र दयाहाङ राईबीच सहकार्य भएको थियो । यो फिल्म आर्यनको काँधमा थियो भने दयाहाङले सहायक भूमिकामा काम गरेका थिए । अहिले समय फेरिएको छ । यतिबेला आर्यनभन्दा दयाहाङ ‘विकाउ नायक’ बनिरहेका छन् । उनीहरुले दोस्रोपटक फिल्म ‘लोफर’मा पनि एकसाथ काम गरेका थिए ।

बोल्ने शैलीका कारण प्रदीप खड्कालाई नेपाली फिल्मको ‘चतुर नायक’ भन्ने गरिएको छ । जुनसुकै प्रशंग र विषयमा उनी तर्कपूर्ण धारणा राख्न सक्छ । कहिले काहीँ बोलीकै कारण पनि आलोचित हुने गरेका छन् । यद्यपि, युवापुस्तामा उनको राम्रो क्रेज छ । आर्ट र कमर्शियल दुवै धारका फिल्ममा अभिनयको परीक्षा दिइसकेका उनले ‘प्रकाश’पछि त आफूप्रतिको दृष्टिकोण नै बदलेका छन् ।

‘लाखे’ फेम्ड निर्देशक साम्राट बस्नेतको निर्देशन तथा दीपक मनाङ्गेको निर्माणमा बन्न लागेको फिल्म ‘कङ्गारु’मा हास्य अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’पछि अर्को मुख्य भूमिकामा अभिनेता अर्पण थापाको प्रवेश भएको छ । थापा र फिल्मको निर्माण पक्षबीच मंगलबार काठमाडौंमा कागजी सम्झौता भएको हो । अर्पणले निर्देशक बस्नेतसँग यसअघि फिल्म ‘लाखे’मा पनि काम गरेका थिए ।

अभिनेत्री तथा नेतृ रेखा थापा आगामी फागुनमा आमा बन्दैछिन् । तर, उनी पहिलो सन्तानलाई जन्म दिन अमेरिका पुगेकी छन् । श्रीमान् बलराम शाही ठकुरीको परिवार उतै बस्ने गरेको र त्यहीँ पहिलो सन्तान जन्माउने श्रीमानको इच्छाअनुरुप रेखा अमेरिका पुगेकी हुन् । अब उनी सन्तानको जन्मपछि नेपाल फर्किनेछिन् । सन्तान अमेरिकामा जन्मिँदा त्यहीँको नागरिक हुने प्रावधान छ ।

अभिनेता पल शाहले यतिबेला लगातार फिल्म सम्झौता गरिरहेका छन् । दुई हप्ताअघि फिल्म ‘मायावी’को छायांकन भ्याएका उनी आगामी माघ पहिलो साताबाट फिल्म ‘पूजार सार्की’मा काम गर्दैछन् । यस वर्षको अन्त्यतिर भने उनी फिल्म ‘अवतार’मा काम गर्ने तयारीमा छन् । यसबीच, उनले सोमबार केवल तामाङको निर्माण र निर्देशन रहने फिल्म ‘मायाका रंगहरु’ सम्झौता गरेका छन् ।

