मिति : २०८१ वैशाख २१, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सिटामोल’मा जनयुद्धको घाइतेको भूमिकामा सौगात

फिल्मीखबर, काठमाडौं, 2024/02/25

फिल्म ‘झ्यानाकुटी’पछि अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालले फेरि एकसाथ फिल्म ‘सिटामोल’मा काम गरेका छन् । यसमा उनीहरु श्रीमान्-श्रीमतीको भूमिकामा छन् । राज बहादुर सानेको लेखन तथा निर्देशन रहेको फिल्मको यसै हप्ता सिन्धुलीको सेड्युल सकिएको छ । अब काठमाडौंका केही दृश्य र एक गीत मात्र छायांकन गर्न बाँकी रहेको निर्देशक सेनले जानकारी गराए ।

 

saugat malla and benisha hamal (1)


सिन्धुलीको छायांकन सकिएसँगै निर्माण टिमले सौगात र बेनिशाको ‘क्यारेक्टर लुक्स’ तस्वीर पनि सार्वजनिक गरेको छ । तस्वीरमा दुवैलाई गाउँले पोसाकमा देख्न सकिन्छ । एक तस्वीरमा सौगात बेहुलाको रुपमा देखिएका छन् भने अर्कोमा बेनिशासँग रोमान्टिक भावमा चित्रित छन् । एक तस्वीरमा सौगातले बैसाखी टेकेको पनि देखिन्छ । फिल्ममा उनी जनयुद्धको घाइतेको भूमिकामा छन् ।

 

saugat malla and benisha hamal (1)


माओवादी जनयुद्धको पृष्ठभूमिमा आधारित भएर बनेको फिल्ममा लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, पवन भट्टराई, दिनेश रेग्मी, समिप निरौला, जानुका विश्वकर्मा, ज्ञानु सेञ्चुरी, काजल भुजेल र बालकलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीको पनि अभिनय छ । तुलसीदेवी फिल्मको प्रस्तुति रहेको फिल्मलाई आगामी तीजमा प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ ।

 

saugat malla and benisha hamal (1)


फिल्मको गीतमा बाबुल गिरीको संगीत रहेको छ भने दिव्य सुवेदीको छायांकन छ । भुगोल कुमार कार्की निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा रामचन्द्र उपाध्यय, अप्सरा नेपाली, गंगाराम श्रेष्ठ, अजय कुमार बिक र कुमार केसी छन् । निर्देशक सानेले यसअघि ‘सिल्ली फो’, ‘डोली’, ‘वीरांगना’ लगायतका फिल्म निर्देशन गरिसकेका छन् । ‘सिटामोल’ उत्कृष्ट बनेको उनको दाबी छ ।