Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3349 - 3354 of 23511
फिल्मीखबर, काठमाडौं, २०८० भाद्र १०, आईतवार

कलाकार सानु ताम्राकारको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिएको छ । शनिबार दिउँसो ३ बजे नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएका उनलाई चलचित्र कलाकार संघको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिइएको थियो । बिहान ९ बजेदेखि १० बजेसम्म ताम्राकारको पार्थिक शरीरलाई श्रद्धाञ्जलीका लागि आर्यघाटमा राखिएको थियो ।

फिल्मीखबर, काठमाडौं, २०८० भाद्र १०, आईतवार

निर्देशक झरना थापाले पहिलो पटक ‘ए मेरो हजुर’ सिरिजबाट बाहिर आएर फिल्म ‘एक भगवत् गीता’को निर्देशन गरेकी छन्, जुन भदौ २९ गते प्रदर्शन हुँदैछ । पहिला फिल्मको नाम ‘भगवत् गीता’ थियो । पवित्र हिन्दू ग्रन्थ भगवद् गीतासँग नाम मिलेपछि केही हिन्दूवादी संगठनहरुले आपत्ति जनाउँदै चलचित्र विकास बोर्डमा निवेदन समेत दिए । यसपछि फिल्ममा ‘एक’ शब्द थपिएको हो ।

फिल्मीखबर, काठमाडौं, २०८० भाद्र १०, आईतवार

कलाकार तथा जादूगर सानु ताम्राकारका एकमात्रै सन्तान थिए, सारुक ताम्राकार । उनी अभावमा हुर्किएनन् । फिल्मसम्मको यात्रा तय गर्न पनि उनले ठूलो संघर्ष गर्नुपरेन । करिअर सुखद नै थियो । तर, गत असार २१ गते उनले आफ्नो जीवनलाई नै पूर्णविराम लगाए । सानु दाम्पतीको बुढेसकालको लौरो भाँचियो । सन्तान गुमाउनुभन्दा ठूलो पीडा माता-पिताका लागि अरु के हुन सक्ला र ?

फिल्मीखबर, काठमाडौं, २०८० भाद्र ९, शनिवार

गत असार २१ गते निजी निवासमा मृत अवस्थामा भेटिएका अभिनेता सारुक ताम्राकारका पिता तथा कलाकार सानु ताम्राकारको निधन भएको छ । दुई हप्तादेखि नर्भिक अस्पतालमा उपचारार्थ उनको शनिबार दिउँसो करिब ३ बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । छोराको निधनपछि सानु विरामी परेका थिए । उनको आइसीयूमा राखेर उपचार भैरहेको थियो ।

फिल्मीखबर, काठमाडौं, २०८० भाद्र ९, शनिवार

गाईजात्राको छेको पारेर सुपरहिट ‘जात्रा’ फ्रेन्चाइजको तेस्रो श्रृंखला ‘महाजात्रा’को निर्माण घोषणासँगै स्टारकास्ट तथा प्रदर्शन मिति सार्वजनिक गरिएको छ । एउटा ट्रकको पछाडिको भागलाई चित्रित गरिएको पोस्टरमा फिल्मको प्रदर्शन मिति आगामी चैत ९ गते उल्लेख छ । अर्थात् फिल्म फागु पूर्णिमाको अवसर पारेर प्रदर्शनमा आउने भएको छ । चैत ११ र १२ गते फागुको विदा रहेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० भाद्र ९, शनिवार

चलचित्र विकास बोर्डले २०७८ र २०७९ को राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान एकसाथ वितरण गर्ने भएको छ । राष्ट्रपतिबाट प्रदान गरिने पुरस्कार तथा सम्मान कार्यक्रम यही भदौ १२ गते राष्ट्रपति कार्यालय शितल निवासमा हुने बोर्डले एक विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ । साथै, बोर्डले दीर्घ साधना सम्मान र विशेष योगदान सम्मानबाट सम्मानित हुनेको सूची समेत सार्वजनिक गरेको छ ।

Results : 3349 - 3354 of 23511