मिति : २०८१ वैशाख २०, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एलिजा र निश्चललाई लिएर फिल्म बनाउँदै समुन्द्र

फिल्मीखबर, काठमाडौं, 2024/02/24

nischal khadka and aliza gautam

 

फिल्म ‘गून्यो चोलो’ प्रदर्शनमा नआउँदै निर्देशक समुन्द्र भट्ट नयाँ फिल्मको तयारीमा जुटेकी छन् । एक अनटाइटल फिल्मका लागि उनले मुख्य भूमिकामा अभिनेत्री एलिजा गौतम र अभिनेता निश्चल खड्कालाई छनोट गरेकी छन् । उनले दुवैसँग शनिबार कागजी सम्झौता गरेकी हुन् । आगामी बैशाखमा छायांकन सुरु हुने फिल्मको शीर्षक केही दिनमा घोषणा गर्ने निर्देशक भट्टको तयारी छ ।

द स्काइ ओसन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्म लभस्टोरी-क्राइम-थ्रिलर जनरामा बन्नेछ । फिल्ममा निर्देशक भट्टकै लेखन छ । एलिजा र निश्चल दुवैको यो दोस्रो फिल्म हुनेछ । एलिजाले ‘अनुराग’बाट डेब्यू गरेकी थिइन् भने निश्चलको डेब्यू फिल्म ‘लण्डन टू पेरिस’ प्रदर्शन हुन बाँकी छ । उनले फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’को एक गीतमा नृत्य पनि गरेका छन् ।

‘अनुराग’पछि एलिजालाई कमब्याक गर्नै सकस भैरहेको थियो । उनले २०७७ सालमा निर्देशक दीपक श्रेष्ठको फिल्म ‘घिन्ताङ’बाट कमब्याकको तयारी गरेकी थिइन् । तर पछि व्यक्तिगत कारणले उनले काम गर्न सकिनन् । यसपछि उनले २०७८ सालमा फिल्म ‘घुइँचो’ सम्झौता गरिन् । तर, यो फिल्म घोषणामा मात्र सीमित भयो । अब एलिजा तेस्रोपटक कमब्याकको तयारीमा जुटेकी छन् ।