Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3319 - 3324 of 23511
फिल्मीखबर, काठमाडौं, २०८० भाद्र १६, शनिवार

यही भदौ २९ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘एक भगवत् गीता’को शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरियो । तर, फिल्मका मुख्य अभिनेता धीरज मगर भने उपस्थित भएनन् । आँखा पाकेका कारणले उनी उपस्थित हुन नसकेको जानकारी गराइएको थियो । तर, निकट स्रोतका अनुसार केही समयदेखि धीरजसँग फिल्मको टिमको सम्पर्क नै हुन सकेको छैन ।

फिल्मीखबर, काठमाडौं, २०८० भाद्र १६, शनिवार

ऐंचो पैंचोको अर्थ लिने-दिने भन्ने हुन्छ । नेपाली समाजमा यो वाक्यको प्रायः प्रयोग हुन्छ । र, यही चलनचल्तीको वाक्य सापटी दिँदै नेपाली फिल्म बनेको छ, ‘ऐंचो पैंचो’ । जनैपूर्णिमाबाट प्रदर्शनमा आएको फिल्मको नामजस्तै दुई अभिनेत्री स्वस्तिमा खड्का र वर्षा राउतबीच भूमिका पनि साटफेर भएको थियो । स्वस्तिमाको चित्त बुझाउनलाई निर्माण टिमले दुवैको भूमिका हेरफेर गरेको थियो ।

फिल्मीखबर, काठमाडौं, २०८० भाद्र १५, शुक्रवार

अभिनेत्री टर्न निर्देशक झरना थापाका लागि ‘ए मेरो हजुर’ पैसाको बोट हो । यसका तीनवटा श्रृंखलाले उनलाई सफल निर्देशकको रुपमा स्थापित गर्‍यो । तर, यसपटक उनले पैसा फल्ने बोट छाडेर ‘एक भगवत् गीता’ नामको नयाँ विरुवा रोपेकी छन् । नामै ब्रान्ड भएकाले ‘ए मेरो हजुर’का सिरिजमा उनलाई ठूलो व्यावसायिक दबाब थिएन । तर, यसपटक नयाँ नामका कारण चुनौती बढी छ ।

फिल्मीखबर, काठमाडौं, २०८० भाद्र १५, शुक्रवार

गत असार २१ गते निजी निवासमा मृत अवस्थामा फेला परेका अभिनेता सारुक ताम्राकारको न्यायका लागि कलाकारहरु सडकमा उत्रिने भएका छन् । भोलि शनिबार साढे १२ बजे काठमाडौंको माइतीघर मण्डलामा कलाकारहरुले शान्तिपूर्ण प्रदर्शन गर्न लागेका हुन् । सडक प्रदर्शनमार्फत् सारुकको निधनमा संलग्नलाई कारवाहीको माग गर्दै सरकार र प्रहरीलाई दबाब दिइने जनाइएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० भाद्र १५, शुक्रवार

नेपाली फिल्ममा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय (एलजिबिटीआइक्यू)को कथालाई विरलै मात्र भनिएको छ । चुनौतीपूर्ण विषय भएकाले पनि हत्तपत्त कोही मेकरले आँट गर्दैनन् । लभस्टोरी फिल्ममा दख्खल भएकी निर्देशक झरना थापाले भने फिल्म ‘एक भगवत् गीता’मार्फत लैंगिक अल्पसंख्यक समुदायको कथालाई सशक्त ढंगले प्रस्तुत गर्न खोजेको छनक ट्रेलरले दिएको छ ।

Results : 3319 - 3324 of 23511