Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3319 - 3324 of 24235
फिल्मीखबर, काठमाडौं, 2024-02-28, बुधवार

नेपाली फिल्म क्षेत्रमा केही कुराको होडबाजी छ भने त्यो सिक्वेल निर्माणको हो । एउटा फिल्म चलेपछि त्यसलाई दुहुनो गाई बनाएर बेच्ने चलन छ । सिक्वेल आफैंमा ‘खाली चेक’ मानिन्छ । यसैले पनि मेकरहरु सिक्वेलमै बढी जोड दिइरहेका हुन्छन् । तर, नेपालमा कथाको मागले भन्दा पनि नामको लोभमा सिक्वेल बनिरहेका छन् । यसले गर्दा सिक्वेल फिल्मप्रति दर्शकको मोह भंग भैरहेको छ ।

एजेन्सी, काठमाडौं, 2024-02-28, बुधवार

फिल्ममा स्टारडमभन्दा महत्त्वपूर्ण ‘कन्टेन्ट’ हो । स्टारडमको क्षमता दुई दिनको हुन्छ तर ‘कन्टेन्ट’ले लामो समय बक्स अफिसमा आफ्नो पकड बनाइराख्छ । यतिबेला बलिउड फिल्म ‘आर्टिकल ३७०’ले यो कुरालाई प्रमाणित गरेको छ । फिल्म न ठूलो बजेटमा बनेको हो न स्टार कलाकार छन् । तर, कन्टेन्ट नै ‘स्टार’ सावित हुँदा फिल्मले बक्स अफिसमा ‘सरप्राइज’ व्यापार गरिरहेको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-02-28, बुधवार

कुनै पनि फिल्ममा हिरो बलियो हुन भिलेन बलियो हुनुपर्छ भन्ने सर्वमान्य मान्यता हो । तर, अक्सर नेपाली फिल्म यही चुक्ने गर्छन् । हिरोलाई बलियो देखाउने चक्करमा नकारात्मक चरित्रलाई भने नजरअन्दाज गरिन्छ । तर, यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘अगस्त्य’को ट्रेलर हेर्दा हिरो र भिलेन दुवै सशक्त लाग्छन् । यो फिल्ममा भिलेनको भूमिकामा छन्, प्रमोद अग्रहरी ।

फिल्मीखबर, काठमाडौं, 2024-02-28, बुधवार

सौन्दर्य प्रतियोगिताबाट फिल्ममा भित्रिने संख्या बढ्दो छ । यसैबीच, पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्काले पनि फिल्ममा डेब्यू गर्ने भएकी छन् । सुपरस्टार विराज भट्टको निर्देशन रहने नयाँ फिल्म ‘१२ गाउँ’बाट उनले डेब्यू गर्न लागेकी हुन् । मंगलबार विराज र न्यान्सीबीच कागजी सम्झौता भएको छ । न्यान्सीले फिल्ममा काम गर्ने इच्छा पूरा हुन लागेकोमा खुसी व्यक्त गरेकी छन् ।

फिल्मीखबर, काठमाडौं, 2024-02-27, मंगलवार

अभिनेत्री प्रियंका कार्की आगामी वर्ष दुईवटा फिचर फिल्म निर्माणको तयारीमा छिन् । त्यसअघि उनले सर्ट फिल्म ‘टाँक’ निर्माण गरेकी छन् । मंगलबार आफ्नो जन्मदिनको अवसर पारेर उनले सामाजिक सञ्जालमार्फत् दुईवटा फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्मबारे जानकारी गराएकी हुन् । दुवै पोस्टरमा प्रियंकालाई दुर्गम गाउँको दुःखी विवाहित महिलाको रुपमा चित्रण गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-02-27, मंगलवार

गायक तथा संगीतकार भक्तराज आचार्यको अन्त्येष्टि गरिएको छ । सोमबार अपराह्न उपचारका लागि अस्पताल लैजाने क्रममा ८२ वर्षको उमेरमा निधन भएका गायक आचार्यको मंगलबार दिउँसो पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । उनलाई दुई छोरा सत्यराज आचार्य र स्वरुपराज आचार्यले दागबत्ति दिएका थिए भने नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।

Results : 3319 - 3324 of 24235