मिति : २०८१ वैशाख २०, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नीतिको डेब्यू फिल्म ‘खजुरे ब्रो’ बैशाख २८ मा

फिल्मीखबर, काठमाडौं, 2024/02/25

Khajure Bro First Look Poster

 

पूर्व मिस नेपाल इन्टरनेशनल नीति शाहको डेब्यू फिल्म ‘खजुरे ब्रो’को प्रदर्शन मिति घोषणा गरिएको छ । शनिबार धरानमा भएको ‘धरान रन’को १२औं संस्करणको अवसरमा फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी बैशाख २८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो । धरान सहरलाई पृष्ठभूमिमा राखेर तयार पारिएको पोस्टरमा फिल्मका चार पात्रहरुको ‘मुड’ दर्शाइएको छ ।

सुरज सुनुवारको लेखन तथा निर्देशनमा बनेको फिल्ममा नीतिसँगै रेअर राई, महेश त्रिपाठी, नवीन मानन्धर, प्रकाश भुजेल, विनिता थापा मगर, सुष्मा निरौला, पुष्कर कार्की, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई आदिको पनि अभिनय रहेको छ । फिल्ममा धरान उपमहानगरका मेयर हर्क साम्पाङ राईले पनि विशेष भूमिकामा अभिनय गरेका छन् । फिल्म लाइट-कमेडी जनरामा बनेको हो ।

दिव्य दृश्य इन्टरटेन्टमेन्टले मान्द्रो प्रोडक्सन र मल्टी प्रपोजसँग सहकार्य गरेर निर्माण गरेको ‘खजुरे ब्रो’को निर्माता नवीन मानन्धर र सुरज सुनुवार हुन् । फिल्ममा शिशिर बिसंखेको छायांकन र अनमोल गुरुङको संगीत छ । फिल्मको सह-निर्माता अनिल मानन्धर र पिकेश मानन्धर हुन् । धरानका खजुरे पात्रबाट प्रभावित भएर निर्माण भएको यो फिल्ममा नीतिको जोडी रेअरसँग बाँधिएको छ ।