
टिजर र ट्रेलरपछि चर्चामा रहेको सौरभ चौधरीद्वारा निर्देशित फिल्म ‘अगस्त्य’ले प्रदर्शन सुरु गरेको छ । मल्टीप्लेक्सहरुमा उच्च शो पाएको फिल्ममा कलाकारको ‘लाइनअप’ बलियो भएकाले सुखद् व्यापार गर्ने प्रक्षेपण गरिएको छ । तर, फिल्मको बुकिङ कमजोर देखिएकाले इनिसियल व्यापार भने अपेक्षाकृत नहुन सक्छ । यसैले फिल्मलाई अब बलियो ‘वर्ड अफ माउथ’को आवश्यकता छ ।

सञ्चारकर्मी लक्ष्मण सुवेदीको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘सतीदेवी’ फर्स्टलुक पोस्टर सार्वजनिक भएसँगै चर्चामा छ । नारी संवेदनामा आधारित भएर निर्माण भएको फिल्मप्रति सरकारले पनि चासो देखाएको छ । बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले निर्देशक सुवेदीसँग मन्त्रालयमा भेट गरेर फिल्मलाई शुभकामना दिँदै सहयोग गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।

महाशिवरात्रीको अवसर पारेर यही फागुन २५ गतेबाट प्रदर्शनमा आउन लागेको ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘उपहार’को चौंथो गीत सार्वजनिक गरिएको छ । ‘कहिले बार बिर्सिन्छु’ बोलको डान्सिङ शैलीको गीतमा अञ्जु पन्त र साइराज खातीको युगल स्वर छ भने अर्जुन पोखरेलको संगीत तथा इन्दिरा अधिकारीको शब्द रचना छ । गीतमा फिल्मका तीन जोडीलाई चित्रण गरिएको छ ।

हरेक प्रकारको चरित्रमा आफूलाई ढाल्न सक्ने खुबी भएका अभिनेता हुन्, अर्पण थापा । विशेषगरी नकारात्मक चरित्रमा उनी रुचाइएका छन् । यही फागुन २५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रङ्गेली’मा पनि उनी भिलेनको भूमिकामा छन् । उनको चरित्र ग्याङस्टर हो । उनी ग्याङस्टर चरित्रमा अभिनय गर्नु आफ्नो रुचि रहेको जिकिर गर्छन् ।

केही वर्षयता नेपाली फिल्ममा सामाजिक विषयवस्तुले प्रधानता पाइरहेको छ । त्यसमा कमेडी हाबी देखिन्छ । तर, एक्सनको भने अभाव खड्किँदै आएको छ । कुनै समय नेपाली फिल्ममा एक्सनकै बोलबाला थियो । राजेश हमाल, निखिल उप्रेती, विराज भट्ट जस्ता स्टारहरु सुस्ताएसँगै एक्सन फिल्मको ट्रेन्ड भत्कियो । बलिउड र साउथले भने यतिबेला एक्सनलाई नै जोड दिइरहेका छन् ।

अभिनेता दीलिप रायमाझीकी छोरी दिव्याको फिल्ममा माग चुलिँदो छ । सुन्दरताका कारण चर्चामा रहेकी उनलाई एकपछि अर्को फिल्मबाट प्रस्ताव पुगिरहेका छन् । यसै वर्ष दिव्याले फिल्म ‘वरिष्ठ बलराम’ सम्झौता गरेकी थिइन् । तर, यो फिल्मको निर्माण अन्योल भएपछि उनले डेब्यूका लागि अब अर्को फिल्म रोजेकी छन् । उनले फिल्म ‘एक्टर’मा काम गर्न लागेकी हुन् ।

