Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3313 - 3318 of 23511
फिल्मीखबर, काठमाडौं, २०८० भाद्र १७, आईतवार

रामबाबु गुरुङको निर्देशनमा बन्न लागेको फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’मा अभिनेता दयाहाङ राईको जोडी अभिनेत्री आँचल शर्मासँग बाँधिने भएको छ । आइतबार निर्माण टिमले आँचलसँग लिखित सम्झौता गरेको हो । यसको पुष्टि आँचल स्वयंले गरिन् । उनले यसअघि एउटा म्यूजिक भिडियोमा दयाहाङसँग काम गरेको भए पनि फिल्ममा पहिलो पटक सहकार्य जुरेको हो ।

एजेन्सी, मुम्बई, २०८० भाद्र १७, आईतवार

बलिउडमा कलाकारहरुबीच मित्रताको चर्चा जति हुन्छ, त्योभन्दा बढी त दुश्मनीका किस्सा छन् । ९० को दशकका दुई सुपरस्टार शाहरुख खान र सनी देओलबीच पनि करिब १६ वर्ष पानी बाराबारको अवस्था थियो । दुवैले सन् १९९३ मा रिलिज भएको फिल्म ‘डर’मा एकसाथ काम गरेका थिए । यो फिल्ममा सनीमाथि शाहरुख भारी परेपछि उनीहरुबीच एकाएक दुश्मनी पलाएको थियो ।

फिल्मीखबर, काठमाडौं, २०८० भाद्र १७, आईतवार

कलाकार नीर शाहले चलचित्र विकास बोर्डको स्थापना भएपश्चात् नेपाली फिल्मको ओरालो यात्रा सुरु भएको टिप्पणी गरेका छन् । शनिबार ‘कलिङ साहित्य महोत्सव’को ‘एक्काइसौं शताब्दीमा रिल : नेपाली सिनेमाको विकास’ सेक्सनमा बोल्ने क्रममा उनले ०५८ सालमा राज्यकोषबाट पाउने सबै सहुलियत बन्द गराएर बोर्ड स्थापना भएपछि नेपाली फिल्म ओरालो लाग्न थालेको बताएका हुन् ।

फिल्मीखबर, काठमाडौं, २०८० भाद्र १७, आईतवार

नेपाली फिल्ममा लामो समयदेखिको खडेरीलाई जनैपूर्णिमाबाट प्रदर्शनमा उत्रिएको फिल्म ‘ऐंचो पैंचो’ले केही हदसम्म चिर्ने प्रयास गरेको छ । प्रदर्शनको पहिलो दिन दिवा शोदेखि दर्शकको सुखद साथ पाएको फिल्मले शुक्रबार र शनिबार पनि कमजोर प्रदर्शन गरेन । शुक्रबार मध्यम रहेको फिल्मको व्यापार शनिबार केही राम्रो रह्यो । सम्रगमा फिल्मको तीन दिनलाई सुखद मानिएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० भाद्र १६, शनिवार

अभिनेत्री नीता ढुंगानालाई पितृ शोक परेको छ । उनका बुबा सोमप्रसाद ढुंगानाको शनिबार ८० वर्षको उमेरमा निधन भएको हो । नीताले सामाजिक सञ्जालमा एक पोस्टमार्फत् बुबाको निधन भएको जानकारी गराएकी छन् । उनका पिताप्रति फिल्मकर्मीका साथै शुभचिन्तकहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् । बाल्यकालमै आमाको न्यानो काख गुमाएकी नीता बुबासँग अत्यन्त नजिक थिइन् ।

फिल्मीखबर, काठमाडौं, २०८० भाद्र १६, शनिवार

‘दर्पण छायाँ’ फेम्ड अभिनेत्री निरुता सिंह वैवाहिक जीवनमा बाँधिएकी छन् । लामो समयदेखि परिवारसँग मुम्बईमा बस्दै आएकी उनले भदौ १४ गते बिहीबार मुम्बई निवासी सञ्जीभ गुलाटीसँग विवाह गरेकी हुन् । निरुताले सामाजिक सञ्जालमा साझेदार गरेको विवाहको एउटा तस्वीरमा उनी श्रीमानसँग खुसी मुद्रामा देखिएकी छन् । दुवैको गलामा लामो माला र पृष्ठभूमिमा मन्दिर देखिन्छ ।

Results : 3313 - 3318 of 23511