Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3295 - 3300 of 23511
फिल्मीखबर, काठमाडौं, २०८० भाद्र २१, बिहिवार

राज्यको निकाय चलचित्र विकास बोर्डमा शीर्षक, कथासार, बजेट, ब्यानर, कलाकारदेखि निर्देशकसम्मको नाम उल्लेख नभएसम्म फिल्मले निर्माण इजाजत पाउँदैन । बोर्डबाट इजाजत लिएपछि मात्र फिल्म निर्माण तथा प्रदर्शन हुन पाउँछ । तर, बोर्डले निर्माण इजाजत दिएको फिल्मलाई समेत झमेला दिन थालेको छ । फिल्म ‘एक भगवत् गीता’लाई बोर्डले सेन्सर सिफारिस नै दिएको छैन ।

फिल्मीखबर, काठमाडौं, २०८० भाद्र २१, बिहिवार

आगामी दशैंको फूलपातीलाई प्रदर्शन मिति घोषणा गरेका दुई फिल्म ‘परदेशी २’ र ‘पशुपति प्रसाद २ : भष्मे डन’को टिमबीच अब अलग-अलग मितिमा प्रदर्शन गर्ने सहमति भएको छ । दुई फिल्म एक हप्ताको अन्तरमा प्रदर्शनमा आउने भएका छन् । ‘परदेशी २’ असोज २६ गते (घटस्थापनाको दुई दिन अगाडि) र ‘भष्मे डन’ कात्तिक ४ गते (फूलपाती)बाट प्रदर्शन गर्ने सहमति जुटेको हो ।

फिल्मीखबर, काठमाडौं, २०८० भाद्र २१, बिहिवार

निश्चल बस्नेतद्वारा निर्देशित फिल्म ‘दिमाग खराब’को टिजर सार्वजनिक गरिएको छ । बलिउड सुपरस्टार शाहरुख खान अभिनीत फिल्म ‘जवान’सँग हलमा देखाएपछि युट्युबमा सार्वजनिक गरिएको टिजरमा जनता र शक्ति (राजनीति)बीचको रस्साकस्सीलाई देखाइएको छ । अभिनेता सौगात मल्लको ‘भ्वाइस ओभर’मा रहेको टिजरमा दृश्यको समीकरण र ब्याकग्राउन्ड स्कोर दमदार छ ।

फिल्मीखबर, काठमाडौं, २०८० भाद्र २१, बिहिवार

एक घटनाका कारण एक वर्ष जेल जीवन विताएर फर्किएका अभिनेता पल शाहले दीवाकर भट्टराईको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘मायावी’बाट डेढ वर्षपछि कमब्याक गर्ने भएका छन् । निर्माण टिमले बिहीबार एक पोस्टरमार्फत् फिल्ममा पल अनुबन्धित भएको जानकारी गराएको हो । प्राप्त जानकारी अनुसार, पलसँग निर्माण टिमको केही दिनअघि नै कागजी सम्झौता भएको थियो ।

फिल्मीखबर, काठमाडौं, २०८० भाद्र २१, बिहिवार

नेपाली फिल्ममा राजनीतिक विषयले प्राथमिकता पाउन थालेको छ । तर, प्रायः फिल्मले राजनीति र नेता गलत नै हुन्छन् भन्ने भाष्य निर्माण गर्न खोजेको देखिन्छ । नेतालाई चुन्ने जनतामाथि प्रश्न गर्ने फिल्म कमै बनेका छन् । यही भदौ २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘नाङ्गो गाउँ’ले भने नेतासँगै उनीहरुलाई चुनेर पठाउने जनतामाथि पनि प्रश्न गर्ने अभिनेता दयाहाङ राई बताउँछन् ।

फिल्मीखबर, काठमाडौं, २०८० भाद्र २१, बिहिवार

६० दिनको सेड्युल राखिएको फिल्म ‘अगस्त्य’को छायांकन र बजेट दुवै बढेको छ । ‘लार्ज स्केल’मा बनिरहेको फिल्मको छायांकन ८० दिन नाघ्न सक्ने निर्देशक सौरभ चौधरीले जानकारी दिए । जसले गर्दा बजेट ४ करोड नाघ्ने देखिएको छ । करिब १८ दिनदेखि राजविराज क्षेत्रमा दोस्रो चरणको छायांकन भैरहेको फिल्मको गत जेठमा भैरहवा र भारतको गोरखपुर छायांकन गरिएको थियो ।

Results : 3295 - 3300 of 23511