Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3307 - 3312 of 23511
फिल्मीखबर, काठमाडौं, २०८० भाद्र १९, मंगलवार

कुनै समय एउटै सेड्युलमा ३/४ वटासम्म फिल्मको छायांकनमा व्यस्त रहने गरेका सुपरस्टार निखिल उप्रेती विगत ६/७ वर्षदेखि पर्दाबाट गयल छन् । यो अवधिमा उनले प्रस्ताव आएका धेरै फिल्म अस्वीकार गरे । बरु जीवन र जगतका बारेमा आफ्नो अर्थपूर्ण र तर्कपूर्ण अभिव्यक्तिका कारण उनी चर्चामा रहने गरेका छन् । जसले उनीप्रतिको बुझाई र दृष्टिकोणमा नै परिवर्तन ल्याएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० भाद्र १८, सोमवार

अभिनेता सारुक ताम्राकारको आत्महत्या प्रकरणको वास्तविकता अझै खुल्न सकेको छैन । उनको परिवार तथा फिल्मकर्मीहरुले आत्महत्या दुरुत्साहनको आशंका गर्दै गम्भीर अनुसन्धानको माग गरिरहेका छन् । प्रहरीले भने अनुसन्धान जारी रहेको दाबी गर्दै आएको छ । तर, सारुकको निधनको २ महिना हुन लाग्दा समेत प्रहरीले कुनै कदम नचालेको भन्दै चर्को आलोचना भैरहेको छ ।

एजेन्सी, मुम्बई, २०८० भाद्र १८, सोमवार

बलिउड सुपरस्टार सनी देओल अभिनीत फिल्म ‘गदर २’ले भारतीय बक्स अफिसमा पाँच सय करोडको रेकर्ड बनाउन सफल हुँदा उनका कान्छा छोरा राजवीर देओल बलिउड डेब्यूका लागि तम्तयार अवस्थामा छन् । सनीका जेठा छोरा करण देओलले भने सन् २०१९ मा फिल्म ‘पल पल दिल के पास’बाट अभिनय करिअरको सुरुवात गरेका थिए । तर, उनको पहिलो फिल्म नै फ्लप भयो । 

फिल्मीखबर, काठमाडौं, २०८० भाद्र १८, सोमवार

श्रीलंका-पाकिस्तानमा संयुक्त रुपमा जारी १६औं संस्करणको एसिया कपमा नेपालले २७ वर्ष लामो अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा पहिलो पटक भारतसँग क्रिकेट खेल्दैछ । यसलाई आफैंमा नेपालको ठूलो सफलता मानिएको छ । सोमबार दिउँसो ३ः१५ बजेबाट श्रीलंकाको पालेकेले अन्तर्राष्ट्रिय रंगशालामा सुरु हुने क्रिकेट खेलमा नेपालको विजयीका लागि सिंगो देशले प्रार्थना गरिरहेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० भाद्र १८, सोमवार

रंगीन दुनियाँमा एउटा मान्यता के छ भने कलाकार भएपछि फिट हुनुपर्छ । चाहे त्यो फिल्मको चरित्रमा होस् वा शारीरिक हिसाबले । यसैले त प्रायः कलाकारहरु आफूलाई शारीरिक रुपमा फिट राख्न विभिन्न कुरामा ध्यान पुर्‍याउँछन् । विशेषगरी खानपिन । अझ अभिनेत्रीहरुमा त जिरो फिगरको ट्रेन्ड नै छ । यसका लागि उनीहरुले गर्ने त्याग, तपस्या र मेहनत कुनै युद्ध लडेभन्दा कम हुँदैन ।

फिल्मीखबर, काठमाडौं, २०८० भाद्र १८, सोमवार

फिल्म रिलिजका लागि दशैं-तिहार जत्तिकै विशेष र महत्त्वपूर्ण मानिन्छ, नेपाली नयाँ वर्ष । ‘न्यू इयर मूड’ हुने भएकाले धेरैजसोको रोजाईमा फिल्म पर्छ । यसैले हरेक वर्षको नयाँ वर्षमा फिल्म रिलिज गर्न नेपाली निर्माताबीच राम्रै रस्साकस्सी हुन्छ । र, आगामी २०८१ को नयाँ वर्षमा पनि ठूलो भिडन्तको सम्भावना देखिएको छ । अहिलेसम्म नयाँ वर्षमा दुई फिल्म आउने तय भैसकेको छ ।

Results : 3307 - 3312 of 23511