मिति : २०८१ वैशाख २३, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘अगस्त्य’ हलमा, सिक्वेल २०२६ मा

फिल्मीखबर, काठमाडौं, 2024/03/01

सौरभले देखेको दुई घटनामा बनेको 'अगस्त्य'

 

टिजर र ट्रेलरपछि चर्चामा रहेको सौरभ चौधरीद्वारा निर्देशित फिल्म ‘अगस्त्य’ले प्रदर्शन सुरु गरेको छ । मल्टीप्लेक्सहरुमा उच्च शो पाएको फिल्ममा कलाकारको ‘लाइनअप’ बलियो भएकाले सुखद् व्यापार गर्ने प्रक्षेपण गरिएको छ । तर, फिल्मको बुकिङ कमजोर देखिएकाले इनिसियल व्यापार भने अपेक्षाकृत नहुन सक्छ । यसैले फिल्मलाई अब बलियो ‘वर्ड अफ माउथ’को आवश्यकता छ ।

नेपालको तराई क्षेत्र र भारतको गोरखपुरमा छायांकन भएको फिल्ममा अभिनेता सौगात मल्ल एक्सन अवतार र मानसिक सन्तुलन गुमेको चरित्रमा प्रस्तुत छन् । दर्शकलाई हलमा आकर्षित गर्ने यही ठूलो आधार मानिएको छ । ट्रेलरबाटै उनले एकखालको प्रभाव छाडेका छन् । ‘अगस्त्य’मार्फत् दोस्रो च्याप्टरको पनि निर्माण घोषणा गरिएको छ । जसलाई २०२६ मा प्रदर्शन गर्ने जनाइएको छ ।

बिहीबार काठमाडौंमा फिल्मको प्रिमियर गरिएको थियो । फिल्मकर्मीहरुले कथावस्तु, छायांकन र कलाकारको अभिनयको तारिफ गरेका थिए । विशेषगरी सौगातले मानसिक सन्तुलन गुमेको चरित्रमा गरेको मेहनतको प्रशंसा भएको थियो । नेपालमा बढ्दो मानव अंग तस्करीको कथालाई मियो बनाएर फिल्मले एक्सन, प्रेम र मित्रतालाई देखाएको छ । फिल्मको लम्बाई २ घण्टा ५० मिनेट छ ।

निर्देशक चौधरी स्वयंको लेखन रहेको फिल्ममा सौगातसँगै नाजिर हुसेन, मलिका महत, विजय बराल, रवीन्द्र झा, शिशिर वाङ्गदेल, बेन बस्नेत लगायतको पनि अभिनय छ । फिल्ममा निश्चल बस्नेत केमियो भूमिकामा छन् । फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र बिनोद पौडेल निर्मातामा छन् भने कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् । ‘अगस्त्य’का छायाँकार सञ्जय लामा हुन् ।