मिति : २०८१ वैशाख २१, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सतीदेवी’लाई विशेष सहयोग गर्ने सञ्चारमन्त्रीको वाचा

फिल्मीखबर, काठमाडौं, 2024/02/29

Minister Rekha Sharma and laxman subedi

 

सञ्चारकर्मी लक्ष्मण सुवेदीको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘सतीदेवी’ फर्स्टलुक पोस्टर सार्वजनिक भएसँगै चर्चामा छ । नारी संवेदनामा आधारित भएर निर्माण भएको फिल्मप्रति सरकारले पनि चासो देखाएको छ । बुधबार सञ्‍चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले निर्देशक सुवेदीसँग मन्त्रालयमा भेट गरेर फिल्मलाई शुभकामना दिँदै सहयोग गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।

नेपालमा यसप्रकारका मौलिक तथा यथार्थपरक फिल्मको निर्माणमा जोड दिन मन्त्री शर्माले आग्रह गरेको निर्देशक सुवेदीले बताए । मन्त्री शर्मासँगको भेटबारे उनले भने- ‘मन्त्रीज्यूले ‘सतीदेवी’ नारीप्रधान र मौलिक कथामा निर्माण भएको धेरैबाट सुन्नुभएको रहेछ । उहाँले फिल्म हेर्ने इच्छा समेत राख्नुभएको छ । फिल्मलाई राज्यबाट विशेष सहयोग प्रदान गर्ने आश्वासन पनि दिनुभएको छ ।’

निर्देशक सुवेदीसँगको संवादमा सरकारको प्रवक्ता समेत रहेकी मन्त्री शर्माले आफू नेपाली फिल्मको गुणस्तरिय तथा व्यावसायिक विकासको पक्षमा रहेको जिकिर दिँदै छिट्टै फिल्मसम्बन्धी ऐन पारित गर्न प्रयासरत रहेको बताएकी थिइन् । मन्त्री शर्माले फिल्म अभिव्यक्तिको सशक्त माध्यम भएकाले मौलिक फिल्म निर्माणमा लाग्न फिल्मकर्मीहरुलाई आग्रह गरेको सुवेदीले जानकारी गराए ।

बुधबार नै काठमाडौंको विश्वज्योति हलमा सीमित फिल्मकर्मी र पत्रकारका लागि ‘सतीदेवी’को विशेष शो आयोजना गरिएको थियो । त्यहाँ फिल्मले सुखद् प्रतिक्रिया प्राप्त गरेको छ । अधिकांशले फिल्मले उठाएको विषयवस्तु र अभिनेत्री मलिका महतसहित बाल कलाकारहरुको अभिनयको प्रशंसा गरेका थिए । निर्देशक सुवेदी केही दिनमा फिल्मको प्रदर्शन मिति घोषणा गर्ने तयारीमा छन् ।