मिति : २०८१ वैशाख २१, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘एक्टर’मा भित्रिइन् दीलिपकी छोरी दिव्या, प्रदीपसँग जोडी बाँधिने

फिल्मीखबर, काठमाडौं, 2024/02/29

Pradeep Khadka and divya rayamajhi

 

अभिनेता दीलिप रायमाझीकी छोरी दिव्याको फिल्ममा माग चुलिँदो छ । सुन्दरताका कारण चर्चामा रहेकी उनलाई एकपछि अर्को फिल्मबाट प्रस्ताव पुगिरहेका छन् । यसै वर्ष दिव्याले फिल्म ‘वरिष्ठ बलराम’ सम्झौता गरेकी थिइन् । तर, यो फिल्मको निर्माण अन्योल भएपछि उनले डेब्यूका लागि अब अर्को फिल्म रोजेकी छन् । उनले फिल्म ‘एक्टर’मा काम गर्न लागेकी हुन् ।

बिहीबार दिव्याको तर्फबाट आमा मञ्जु रायमाझी र ‘एक्टर’का निर्माता थम्मन कुमार भण्डारीबीच कागजी सम्झौता भएको छ । दिव्या भने यतिबेला अमेरिकामा छिन् । उनलाई इमेलमार्फत् निर्माण टिमले स्क्रिप्ट पठाएको थियो । फिल्मको कथा र आफ्नो चरित्र मन परेपछि उनी काम गर्न राजी भएकी हुन् । प्राप्त जानकारी अनुसार, उनी अबको केही दिनमा नेपाल आउनेछिन् ।

‘एक्टर’मा दिव्याको जोडी अभिनेता प्रदीप खड्कासँग बाँधिनेछ । बुझिएअनुसार, दिव्याको मनपर्ने अभिनेता पनि प्रदीप हुन् । फिल्ममा अभिनेत्री आना शर्मा र अभिनेता राजबल्लभ कोइरालको पनि मुख्य भूमिका रहनेछ । राजबल्लभले करिब ९ वर्षपछि फिल्ममा कमब्याक गर्न लागेका हुन् । यो ‘लाइनअप’ हेर्दा फिल्म रोचक हुने देखिन्छ ।

 

manju rayamajhi


‘एक्टर’लाई राजन भुसालले निर्देशन गर्नेछन् । यही फिल्मबाट उनले निर्देशनमा डेब्यू गर्न लागेका हुन् । फिल्मको सह-निर्मातामा एनिस भुसाल र सार्थक केसी रहेका छन् । आगामी बैशाखको अन्तिम साताबाट छायांकन सुरु गर्न लागिएको फिल्मलाई २०८१ सालको कात्तिक १५ गते लक्ष्मीपूजामा प्रदर्शन गरिने भएको छ । फिल्मलाई नरेन्द्र मैनालीले छायांकन गर्नेछन् ।