Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3301 - 3306 of 23940
फिल्मीखबर, काठमाडौं, 2023-12-26, मंगलवार

केही वर्षदेखि नेपाली फिल्मलाई हलको व्यापारमा मात्र सीमित हुनुपर्ने अवस्था छैन । ओभरसिज मार्केट आम्दानीको बलियो स्रोत बनिरहेको छ । ठूला स्टारका फिल्म प्रदर्शनभन्दा अगावै विदेशमा महंगोमा बिक्री हुने गरेका छन् भने सफल फिल्मका सिक्वेल र सिरिजको त विदेश राइट्सबाटै लगभग लगानी उठ्छ । एकहिसाबले यतिबेला नेपाली फिल्म ओभरसिज मार्केटले नै धानेको छ ।

फिल्मीखबर, काठमाडौं, 2023-12-26, मंगलवार

नेपालमा नाटकलाई स्थापित गर्न सुनिल पोखरेलको ठूलो योगदान मानिन्छ । कुनै समय उनले चलाएको ‘आरोहण गुरुकुल’ नाटक र कलाकार जन्माउने थलो थियो । उनको पदचाप पछ्याउनेहरु अहिले फिल्मदेखि थिएटरसम्म भरिभराउ छन् । दयाहाङ राई, खगेन्द्र लामिछाने, विपिन कार्की, सौगात मल्ल, कार्म जस्ता धेरै कलाकारहरुले उनलाई गुरुको रुपमा आदर र सम्मान गर्ने गर्छन् ।

फिल्मीखबर, काठमाडौं, 2023-12-26, मंगलवार

अभिनयमा प्रमाणित अभिनेत्री सुरक्षा पन्तले फिचर फिल्म, सर्ट फिल्म र म्यूजिक भिडियो हुँदै अब ओटीटी वेब सिरिजमा डेब्यू गर्ने भएकी छन् । उनले मुख्य भूमिकामा अभिनय गर्न लागेको सिरिज ‘खेल’को सोमबार कमलादीस्थित गणेश मन्दिरमा शुभ मुहूर्त गरियो । बलिउडका दर्जनौं फिल्ममा सह-निर्देशकको रुपमा अनुभव बटुलिसकेका अनुराग प्रधानले सिरिजको निर्देशन गर्नेछन् ।

फिल्मीखबर, काठमाडौं, 2023-12-25, सोमवार

यही पुष २७ गतेबाट प्रदर्शनमा आउन लागेको दीपक श्रेष्ठ निर्देशित फिल्म ‘पर्खि बसें तिमीलाई’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक ट्रेलर नव-अभिनेता किरण श्रेष्ठ र नव-अभिनेत्री रक्षा बुढाथोकीबीचको प्रेममा आउने उतार-चढावमा केन्द्रित छ । ट्रेलरमा अभिनेता शिव श्रेष्ठ रिसाहा पिताको रुपमा चित्रित छन् भने विल्सन विक्रम राईलाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2023-12-25, सोमवार

धरानस्थित पर्यटकीय क्षेत्र चिन्डेडाँडामा ‘सुम्निमा-पारुहाङको प्रतिमा’ निर्माणका लागि धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले चलाएको आर्थिक सहयोग संकलन अभियानमा किराँती समुदायबाट प्रतिनिधित्व गर्ने कलाकारहरुले साथ दिएका छन् । सोमबार काठमाडौंमा आयोजित छलफलमा अभिनेताद्वय दयाहाङ राई र विल्सन विक्रम राईले आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2023-12-25, सोमवार

कुनै ठूलो नेपाली र विदेशी फिल्म प्रदर्शनमा आउँदा प्रदर्शनको संघारमा रहेका नेपाली फिल्मको टिजर तथा ट्रेलर हलमा देखाइने गरिएको छ । यसले धेरै दर्शकमा फिल्मको जानकारी पुग्ने विश्वास नेपाली निर्माताहरुमा छ । दर्शकलाई फिल्मप्रति आकर्षित गर्न युट्युब रिलिजमा नसमेटिएका दृश्य समेत हलमा देखाइने गरिन्छ । फिल्म ‘हात्तीछाप’का मेकरले पनि यही शैली अपनाएका छन् ।

Results : 3301 - 3306 of 23940