मिति : २०८१ वैशाख २०, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘उपहार’ गीत : पूजा बोल्ड, रेखा र बेनिशा रोमान्टिक

फिल्मीखबर, काठमाडौं, 2024/02/29

Rekha Thapa, Pooja Sharma, Benisha Hamal

 

महाशिवरात्रीको अवसर पारेर यही फागुन २५ गतेबाट प्रदर्शनमा आउन लागेको ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘उपहार’को चौंथो गीत सार्वजनिक गरिएको छ । ‘कहिले बार बिर्सिन्छु’ बोलको डान्सिङ शैलीको गीतमा अञ्जु पन्त र साइराज खातीको युगल स्वर छ भने अर्जुन पोखरेलको संगीत तथा इन्दिरा अधिकारीको शब्द रचना छ । गीतमा फिल्मका तीन जोडीलाई चित्रण गरिएको छ ।

गीतमा अभिनेत्री पूजा शर्मा र नव-अभिनेता समर्पण जंग कार्कीको पार्टलाई क्लबमा खिचिएको छ । जहाँ पूजा बोल्ड देखिएकी छन् । अभिनेत्री बेनिशा हमाल र अभिनेता तेज गिरी भने मेहेन्दी सेरोमनीमा रोमान्टिक अवतारमा प्रस्तुत छन् । त्यस्तै, अभिनेत्री रेखा थापा र अभिनेता मुकुन भुषाल चिया घरमा प्रेम व्यक्त गरिरहेका देखिन्छन् । गीतमा रेखालाई ग्ल्यामर अवतारमा देखाइएको छ ।

‘उपहार’मा सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद कुमार पौडेल, आशा भुषाल, मन्जु श्रेष्ठ लगायतको पनि अभिनय छ । फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत तथा मित्र डि गुरुङको सम्पादन छ । फिल्मका कार्यकारी निर्माता बलराम शाही ठकुरी हुन् भने सुलभ प्रतिक र समीक्षा देउजा निर्मातामा छन् ।