मिति : २०८१ ज्येष्ठ ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रविन्द्रलाई प्रश्न- ‘महाजात्रा’ले ‘कबड्डी ४’को रेकर्ड तोड्छ ?

फिल्मीखबर, काठमाडौं, 2024/03/04

rabindra shing baniya and pradeep bhattarai

 

नेपालमा सिक्वेल र सिरिज फिल्म सर्वाधिक सफल छन् । ‘कबड्डी’को चौंथो श्रृंखलाले बक्स अफिसमा २२ करोडको रेकर्ड बनाएको छ भने ‘छक्का पञ्जा’का चार श्रृंखलाले पनि उच्च कमाई गरेका छन् । तर, लगातार सफल फिल्म दिइरहेको ‘जात्रा’ समूहलाई भने १० करोडको आँकडा छुन पनि हम्मेहम्मे छ । यो समुहको पछिल्लो फिल्म ‘महापुरुष’ पनि ८ करोड हाराहारीमा टुंगिएको थियो ।

अब ‘जात्रा’ समूहको नयाँ फिल्म ‘महाजात्रा’ आगामी चैत ९ गतेदेखि प्रदर्शनमा आउँदैछ । आइतबार काठमाडौंमा फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा निर्माता रविन्द्र सिंह बानियाँलाई पत्रकारले यसपटक ‘जारी’को १७ करोड वा ‘कबड्डी ४’को २२ करोडको रेकर्ड तोड्न सकिन्छ भनेर प्रश्न गरेका थिए । जवाफमा उनले आफूहरुको सबैभन्दा ठूलो प्रतिस्पर्धा आफैँसँग रहेको जिकिर गरे ।

‘सबैभन्दा ठूलो प्रतिस्पर्धा हामी आफैंसँग छ । हाम्रो अघिल्लो फिल्म ‘महापुरुष’ जहाँ पुगेको थियो, त्योभन्दा माथि पुर्‍याउँ भन्ने चाहिँ छ,’ उनी भन्छन्, ‘अस्ति सार्वजनिक भएको गीतमा ४७ लाख खर्च भयो । भ्यूज त्यस्तो छ । त्यसैले हामीले राम्रो गर्ने मात्र हो । बाँकी हाम्रो हातमा छैन । ‘महाजात्रा’मा पनि हामीले भ्याएसम्म राम्रै गरेका छौं । कम्तिमा हामीले हाम्रै रेकर्ड चाहिँ तोड्नुपर्छ भन्नेमा छौं ।’

‘महाजात्रा’ निर्देशक प्रदीप भट्टराईलाई भने आफ्ना सबै फिल्म ‘महाहिट’ छन् भन्ने लाग्छ । कार्यक्रममा उनले ठट्यौली शैलीमा भने, ‘मलाई मेरो सबै फिल्म ‘महाहिट’ नै भन्ने लाग्छ । मैले यही सम्झिने भएकाले पनि ‘महाहिट’ नभइरहेको हो कि ! अब सम्झिन्नँ नि त !’ ‘जात्रा’ समूहलाई आफ्नै रेकर्ड तोड्नका लागि ‘महाजात्रा’ले घरेलू बक्स अफिसमा १० करोडमाथिको अंक जोड्नुपर्ने चुनौती छ ।