Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3277 - 3282 of 23939
फिल्मीखबर, काठमाडौं, 2023-12-31, आईतवार

एउटा चर्चित गीत छ, ‘४० कटेसी रमाउला ।’ उमेरले ४० पछिको अंक ऊर्जावान् समय हो । यो उमेरमा मानिसहरु आफ्नो हरेक इच्छा-चाहना पूरा गर्न चाहन्छन् र यसका लागि हरसम्भव प्रयास गर्छन् । सन्तोष अधिकारीले पनि ४० कटेपछि आफूभित्र वर्षौंदेखि हुर्किरहेको हिरो बन्ने चाहना पूरा गरेका छन् । उनको पहिलो फिल्म ‘चित्रा’ यही पुष २७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

फिल्मीखबर, काठमाडौं, 2023-12-31, आईतवार

कोरोना महामारीपछि नेपाली फिल्मका धेरै कलाकारहरुले वैकल्पिक पेशाको रुपमा विभिन्न व्यवसाय सुरु गरेका छन् । प्रायःको रोजाईमा भने रेस्टुरेन्ट व्यवसाय परेको छ । यसबीच, नयाँ छिमलका चल्तीका अभिनेता प्रदीप खड्का पनि रेस्टुरेन्ट मालिक बनेका छन् । अंग्रेजी नयाँ वर्षको अवसर पारेर काठमाडौंस्थित गैरीधारामा उनले ‘प्याराडाइज गार्डेन रेस्टुरेन्ट’ सञ्चालनमा ल्याएका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2023-12-30, शनिवार

फिल्मसँग टाढिनु कलाकारहरुको आ-आफ्नै कथा हुन्छन् । कसैलाई व्यक्तिगत जीवनले फिल्मबाट टाढा राख्छ । कोही फिल्मको श्रृंखलाबद्ध असफलताले स्वतः किनारा लाग्छन् । तर, फिल्ममा राम्रो करिअर हुँदाहुँदै त्यसबाट टाढिएर बस्ने इच्छा कसलाई हुन्छ होला र ? यदि त्यो भए पनि कि स्वइच्छा कि बाध्यताले हुन्छ । अभिनेता सलिनमान बनियाँको हकमा भने स्वइच्छा बढी देखिन्छ ।

एजेन्सी, मुम्बई, 2023-12-30, शनिवार

बलिउडमा यतिबेला कुनै फिल्म चर्चामा छ भने त्यो ‘एनिमल’ हो । एकातिर फिल्मले विश्व बजारमा ‘रेकर्डब्रेक’ कलेक्सन गरेको छ भने अर्कोतिर केही दृश्य र संवादका कारण विवाद पनि उत्कर्षमा छ । रणवीर कपूर र बबी देओलका लागि यो फिल्म सञ्जीवनी बुटीसरह भएको छ । यही फिल्मबाट तृप्ति डिमरी रातारात स्टार बनेकी छन् । उनले यो फिल्मबाट पाएको चर्चा अद्भुत देखिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2023-12-29, शुक्रवार

अभिनेता पल शाहको मुख्य भूमिका रहने फिल्म ‘मायाका रंगहरु’मा भोजपुरी अभिनेता कुन्दन भारद्वाजको प्रवेश भएको छ । केही दिनअघि पल र कुन्दन दुवैसँग निर्देशक तथा निर्माता केवल तामाङले एकसाथ सम्झौता गरेका हुन् । यसअघि नेपाली फिल्म ‘देव वाणी’मा मुख्य भूमिकामा काम गरिसकेका कुन्दनसँग भोजपुरी तथा बलिउड फिल्मसँगै सिरियलमा काम गरेको पनि अनुभव छ ।

Results : 3277 - 3282 of 23939