मिति : २०८१ ज्येष्ठ ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रङ्गेली’मा फिल्मी शैलीको पुलिस छु : प्रवीण खतिवडा

फिल्मीखबर, काठमाडौं, 2024/03/04

Praveen Khatiwada Rangeli3

 

यही फागुन २५ गते (महाशिवरात्री)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रङ्गेली’को ट्रेलर सार्वजनिक भएपछि अभिनेता प्रवीण खतिवडाको एक डाइलग चर्चामा छ । ‘चौंथो काल, मानबहादुर ढकाल’ भन्ने उनको डाइलग ट्रेलरमा सशक्त लाग्छ । यो डाइलगले उनको चरित्र सन्की स्वभावको रहेको बुझाउँछ । ‘इन्स्पेक्टर’को भूमिकामा अभिनय गरेका उनी आफ्नो चरित्र फिल्मी शैलीको रहेको दाबी गर्छन् । अनुशासनमा नबस्ने किसिमको भूमिका आफूले निभाएको उनको भनाई छ ।

‘म ‘रङ्गेली’को माहोलमा रङ्गिन हुन चाहने पुलिस अफिसरको चरित्रमा छु । त्यो चरित्रमा घुस खानेदेखि लिएर फिल्मी शैलीको पुलिस चरित्र दर्शकले पाउँछन् । फिल्मी हिसाबले नै प्रस्तुत भएको छु । जुन कुरा ट्रेलरमा पनि देखाइएको छ,’ प्रविण भन्छन् । ‘रङ्गेली’मा तडकभडक भइरहेको बेलामा त्यसलाई नियन्त्रण गर्न पोस्टिङ भएर गएको पुलिसका रूपमा आफूलाई देख्न सकिने उनले बताए ।

उनी प्रहरीको भूमिका निर्वाह गर्दा रमाइलो लागेको स्मरण गर्छन् । तर, फिल्ममा आफ्नो चरित्रजस्तो प्रहरी हुनुहुँदैन भन्ने पक्षमा उनी छन् । ‘कानुनको रक्षा इमानदार भएरै गरिनुपर्छ र यदि कोही रक्षक पनि भक्षक बन्दैछन् भने उसलाई पनि कानुनी दायराभित्र ल्याउनुपर्छ,’ उनी भन्छन् । प्रहरीलाई राजनीतिभन्दा अलग राख्न सकेको अवस्थामा मात्र कानुनको रक्षा हुने उनको बुझाई छ ।

 

Praveen Khatiwada Rangeli3


उनलाई लाग्छ, दर्शकले फिल्म हेरिरहँदा आफ्नो चरित्रले केही काम राम्रो गरेछ भन्ने महसुस हुनेछ । ‘एक/दुईवटा काम यसले गलत गरेको छ भन्ने पनि लाग्छ होला । प्रशासनसँग शक्ति हुँदो रहेछ । त्यो शक्तिले कहीँ न कहीँ अलिकति दमनको स्थिति ल्याउँदो रहेछ । चाहे त्यो पात्रलाई होस् या आफ्नै समाजमा ज्यूँदा पात्रहरूलाई होस् । शक्तिले अलिकति ‘डोमिनेट’ गर्दो रहेछ । त्यो खालको प्रवृत्ति चाहिँ हुनुहुँदैन,’ उनी अगाडि भन्छन्, ‘प्रहरी प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राखेमा मात्र समाजमा शान्ति सुरक्षा हुन्छ भन्ने मलाई लाग्छ ।’

‘रङ्गेली’लाई अर्जुन सुवेदीले लेखन तथा निर्देशन गरेका छन् । यसमा प्रवीणका साथै दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको अभिनय छ । फिल्मका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् ।