Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3289 - 3294 of 23940
एजेन्सी, मुम्बई, 2023-12-28, बिहिवार

भारतीय बक्स अफिसमा यो साता सन् २०२३ कै सबैभन्दा बढी भिडन्त भयो । बलिउड सुपरस्टार शाहरुख खान अभिनीत फिल्म ‘डंकी’ र साउथ सुपरस्टार प्रभास अभिनीत फिल्म ‘सलार’ एक दिनको अन्तरमा रिलिज भएका थिए । व्यापारिक हिसाबले ‘सलार’ अगाडि देखिएको छ । तथापि, ‘डंकी’ पनि बक्स अफिसमा कमजोर छैन । तर, दुवै फिल्मलाई भिडन्त भारी परेको प्रष्ट देखिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2023-12-28, बिहिवार

आगामी फागुन २५ गतेबाट प्रदर्शन हुन लागेको ज्ञानेन्द्र देउजाद्वारा निर्देशित फिल्म ‘उपहार’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘मुटुको ४ आना’ बोलको लोक शैलीको गीतमा समीक्षा अधिकारी र महेन्द्र बिकेको स्वर, अर्जुन पोखरेलको संगीत तथा मुक्त उदासको शब्द रचना रहेको छ । गीतमा फिल्मका तीन अभिनेत्रीहरु रेखा थापा, पूजा शर्मा र बेनिशा हमाल नृत्य गर्दै प्रस्तुत छन् ।

फिल्मीखबर, काठमाडौं, 2023-12-28, बिहिवार

नेपाली फिल्म क्षेत्रमा केही निर्देशकले एउटै कलाकारलाई काखी च्यापेका धेरै उदाहरण छन् । नामै लिने हो भने रामबाबु गुरुङ र दयाहाङ राई, सन्तोष सेन र प्रदीप खड्का, सुदर्शन थापा र पूजा शर्मा, दीपेन्द्र के. खनाल र खगेन्द्र लामिछाने आदि पर्छन् । यो सूचीमा निर्देशक दिनेश राउतको नाम पनि छुट्दैन । कुनै बेला उनका फिल्ममा आर्यन सिग्देल र नम्रता श्रेष्ठ निर्विकल्पझैं मानिन्थे ।

फिल्मीखबर, काठमाडौं, 2023-12-28, बिहिवार

‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङको निर्देशन रहेको फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा अभिनेता दयाहाङ राई ‘क्यारेक्टर लुक्स’मा प्रस्तुत छन् । गेटअपबाट उनलाई शिक्षित व्यक्तिको रुपमा चित्रण गर्न खोजिएको देखिन्छ । कोट लगाएका उनको आँखामा ठूलो चश्मा छ । उनी गम्भीर र सोचनीय भावमा देखिएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2023-12-27, बुधवार

चन्द्र पन्तले निर्देशन सम्हालेको फिल्म ‘ह्रस्व दीर्घ’मा नेपाली र भारतीय कलाकारको लाइनअप शक्तिशाली देखिएको छ । एकातिर फिल्ममा साउथका नामी कलाकारहरु ब्रह्मानन्दम, अली, प्रदीप रावत, सुनिल वर्माको टोली छ भने अर्कोतिर नीता ढुंगाना, हरिहर अधिकारी, विपना थापा, गरिमा शर्मा, सरोज खनाल, सञ्चिता लुईँटेल, प्रशान्त ताम्राकारजस्ता नेपाली कलाकारहरुको ‘पल्टन’ छ ।

फिल्मीखबर, काठमाडौं, 2023-12-27, बुधवार

गत मंसिर २९ गतेबाट प्रदर्शनमा आएको उदय सुब्बाद्वारा निर्देशित फिल्म ‘दुई कदम’को अब विदेश प्रदर्शन थालिने भएको छ । फिल्मको पहिलो विदेश प्रदर्शन हङकङमा हुनेछ । अंग्रेजी नयाँ वर्ष २०२३ को छेको पारेर यही ३१ डिसेम्बर अर्थात् पुष १५ गते हङकङमा फिल्मको प्रिमियर गर्न लागिएको हो । प्रिमियरमा सहभागी हुन फिल्मका अभिनेता इओन लिम्बु हङकङ जानेछन् ।

Results : 3289 - 3294 of 23940