Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3283 - 3288 of 23511
फिल्मीखबर, काठमाडौं, २०८० भाद्र २५, सोमवार

मिस नेपाल पृष्ठभूमिकी शुभेक्क्षा खड्काको फिल्ममा सुखद करिअर बन्न सकेको छैन । दुईटा फिल्ममा काम गरिसकेको भए पनि उनलाई अभिनेत्रीको रुपमा स्थापित हुन अझै संघर्ष गर्नुपरेको छ । ‘रणवीर’ उनको पहिलो फिल्म थियो । दोस्रो फिल्मको रुपमा ‘प्रेमा’ गरेकी थिइन् । तर, दुवै फिल्म व्यावसायिक रुपमा सफल भएनन् । न त अभिनयमै उनले आफूलाई प्रमाणित गर्न सकिन् ।

फिल्मीखबर, काठमाडौं, २०८० भाद्र २४, आईतवार

कुनै समय राजनीतिक विषय नेपाली फिल्मको मूल कथा बन्दैन थियो । तर, अघिल्लो स्थानीय तह र प्रतिनिधिसभा निर्वाचनमा केही नयाँ अनुहारको जबर्जस्त उदयसँगै नेपाली फिल्ममा लभस्टोरी र कमेडीभन्दा पहिलो प्राथमिकतामा राजनीतिक विषय परिरहेको छ । यस्तैमा, राजनीतिक विषयवस्तुमा नै आधारित भएर बनेको नयाँ फिल्म ‘नाङ्गो गाउँ’ यही भदौ २९ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

फिल्मीखबर, काठमाडौं, २०८० भाद्र २४, आईतवार

‘जुलेबी’, ‘गाँजाबाजा’, ‘होस्टेल रिर्टन्स’, ‘रणवीर’ जस्ता फिल्ममा अभिनयको वाहवाही बटुलेका अभिनेता सुशील सिटौला नयाँ फिल्म ‘मायावी’मा अनुबन्धित भएका छन् । निर्माण टिमले आइतबार एक पोस्टरमार्फत् फिल्ममा उनको अभिनय रहने जानकारी गराएको हो । यसअघि फिल्ममा अभिनेता पल शाह अनुबन्ध भैसकेका छन् । फिल्ममा अभिनेत्री दीपिका प्रसाईंको पनि अभिनय रहनेछ ।

फिल्मीखबर, काठमाडौं, २०८० भाद्र २४, आईतवार

भदौ २९ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘एक भगवत् गीता’को शीर्षक परिवर्तन गर्ने सहमतिसँगै नामलाई लिएर उत्पन्न विवादले किनारा पाएको छ । आइतबार दिउँसो चलचित्र विकास बोर्डमा फिल्मकर्मी, फिल्मको टिम र हिन्दूवादी संस्थाका प्रतिनिधिहरुबीच भएको २ घण्टा लामो छलफलबाट फिल्मको नयाँ शीर्षक ‘एक भागवत र एक गीता’ (सामाजिक कथा) राख्ने सहमति जुटेको हो ।

फिल्मीखबर, काठमाडौं, २०८० भाद्र २४, आईतवार

डेब्यू फिल्म ‘नाईं नभन्नू ल ४’देखि नै अभिनेता पल शाहले अभिनयको आलोचना खेप्दै आएका छन् । उनी लुक्सको भरमा चलेको आरोप लाग्ने गर्छ । जेल जीवनपछि भने उनी अभिनयलाई लिएर गम्भीर देखिएका छन् । यसैले हुनसक्छ, उनले जीवनमै पहिलो पटक अभिनय सिकेका छन् । रंगकर्मी तथा निर्देशक अनुप बरालबाट उनले करिब चार हप्तासम्म ‘मेथड एक्टिङ’ सिकेका हुन् ।

फिल्मीखबर, काठमाडौं, २०८० भाद्र २४, आईतवार

यही भदौ २९ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘एक भगवत् गीता’ले नामलाई लिएर उत्पन्न विवादका कारण चलचित्र विकास बोर्डबाट सेन्सर सिफारिस पाउन सकेको छैन । केही हिन्दूवादी संगठनहरुले फिल्मको नाम परिवर्तनको माग गर्दै सिंहदरवारसम्म पुगेर निवेदन बुझाएपछि बोर्डबाट फिल्मले सेन्सर सिफारिस नपाएको हो । तालुकवाला निकाय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विवाद मिलाउन निर्देशन दिएपछि बोर्ड दबाबमा छ ।

Results : 3283 - 3288 of 23511