मिति : २०८१ ज्येष्ठ ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हरिवंश भन्छन्, ‘नकारात्मक भूमिका गर्दा ढुंगा खाएँ, अझै यस्तै रोल गर्न मन छ’

फिल्मीखबर, काठमाडौं, 2024/03/03

haribansha acharya

 

अभिनेता हरिवंश आचार्यले फिल्ममा होस् वा टेलिसिरियल, प्रायःमा फरक चरित्र निर्वाह गरेका छन् । कुनैमा उनले सकारात्मक त कुनैमा नकारात्मक चरित्र निभाएका छन् । गत वर्ष प्रदर्शन भएको फिल्म ‘महापुरुष’मा उनी आदर्शवादी व्यक्तिको भूमिकामा थिए । आगामी चैत ९ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘महाजात्रा’मा भने उनले एक भ्रष्ट नेताको भूमिका निर्वाह गरेका छन् ।

हरिवंश आफू एउटै छापमा बस्न नचाहने जिकिर गर्छन् । आइतबार ‘महाजात्रा’को ट्रेलर रिलिज कार्यक्रममा उनले भने, ‘हरिबहादुर जस्तो फटाहा रोल त गरेँ । ‘लक्ष्मी’ भन्ने टेलिसिरियलमा नकारात्मक भूमिका गर्दा गुह्यश्वरीमा फूल बेच्न बस्ने महिलाले मलाई ढुंगाले हान्नुभएको थियो । मलाई ‘महाजात्रा’मा भन्दा पनि नकारात्मक भूमिका गर्ने इच्छा छ । एकपटक हिटलर भएर काम गर्न मन छ ।’

कलाकार भएपछि एउटै भूमिकामा बाँधिनु हुन्न भन्ने हरिवंशको बुझाई छ । ‘मैले ‘महापुरुष’मा आदर्श व्यक्तिको भूमिका निभाएको थिएँ भनेर सधैं त्यहीँ प्याटनमा हिँडेँ भने मेरो ‘डाउनफल’ हुन्छ । ‘महापुरुष’मा आदर्श व्यक्ति थिएँ, ‘महाजात्रा’मा महाभ्रष्ट बनेको छु । यस्तै-यस्तै रोल गर्न पाउँ,’ उनले भने । भिलेन भन्ने वितिक्कै गोदाई नै खानुपर्छ भन्ने भाष्य ‘महापुरुष’ले तोड्ने उनको विश्वास छ ।

‘परिस्थितिले कहिले काहीँ पोजेटिभ पात्र पनि खलपात्र बन्छ । र, नेगेटिभ र पोजेटिभ तार नभइ बत्ती बल्दैन,’ उनी अगाडि भन्छन्, ‘फिल्ममा पनि स्टोरीलाई अगाडि बढाउन दुवै पात्रको उतिक्कै भूमिका हुन्छ । खलपात्र भन्ने वितिक्कै गोदाई खानुपर्ने वा भीरबाट खसाल्नुपर्ने भन्ने हुँदैन । जसले देशलाई नै भीरबाट खसाल्न खोजिरहेका छन्, ‘महापुरुष’मा मैले त्यस्तो खलपात्र निर्वाह गरेको छु ।’