मिति : २०८१ ज्येष्ठ ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘केटी हराएको सूचना’मा नाजिर र सृष्टिको जोडी

फिल्मीखबर, काठमाडौं, 2024/03/04

shristi shrestha and najir husen

 

‘केटी हराएको सूचना’ शीर्षकमा फिल्म निर्माण हुने भएको छ । दीपेन्द्र गौचनको लेखन तथा निर्देशनमा बन्न लागेको यो फिल्मको सोमबार स्क्रिप्ट पूजा गर्दै मुख्य कलाकारको बारेमा जानकारी गराइयो । फिल्ममा अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठको जोडी बाँधिने भएको छ । उनीहरुले पहिलोपटक एकसाथ काम गर्न लागेका हुन् । दुवै फिल्मलाई लिएर उत्साहित देखिएका छन् ।

ट्राइसिटी पिक्चर्सको ब्यानरमा निर्माण हुन लागेको फिल्मको निर्माता नकिम उद्दिम हुन् । उनी नेपालकै सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सका सञ्चालक हुन् भने यसअघि उनले ‘द म्यान फ्रम काठमाडौं’, ‘सुन्तली’, ‘सानो संसार’ र ‘कागबेनी’ फिल्मको पनि निर्माण गरिसकेका छन् । उद्दिम ५ वर्षपछि फिल्म निर्माणमा फर्किएका हुन् । फिल्मको यही बिहीबारदेखि छायांकन सुरु हुँदैछ ।

 

shristi shrestha and najir husen


अम्बर महर्जन छायांकार रहने फिल्मलाई काठमाडौँ र जनकपुरमा छायांकन गरिने जनाइएको छ । निर्देशक गौचनले करिब तीन दशक अगाडि बालविवाहको विषयमा टेलिसिरियल ‘उजेली’ निर्देशन गरेका थिए । उनी क्याम्बोडियन नागरिक हुन् । उनले केही क्याम्बोडियन फिल्मको निर्देशन तथा निर्माण पनि गरेका छन् । शीर्षकले नै ‘केटी हराएको सूचना’ महिला प्रधान हुने संकेत गर्छ ।