
‘धौली’, ‘लण्डन टू पेरिस’, ‘पञ्चेबाजा’ जस्ता फिल्मका निर्देशक घनश्याम लामिछानेले ‘तिमी मेरो म तिम्रो’ शीर्षकमा नयाँ फिल्म बनाउने भएका छन् । शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच यो फिल्मको औपचारिक रूपमा निर्माण घोषणा गरियो । सो अवसरमा फिल्मका मुख्य कलाकारहरू पनि चिनाइएको थियो ।

यतिबेला नेपाली फिल्ममा चरित्र अभिनेताको रूपमा सबैभन्दा बढी खोजी र माग कसैको भइरहेको छ भने त्यो सुशील सिटौलाको हो । हप्तैपिच्छे उनी नयाँ फिल्ममा अनुबन्धित हुनुले पनि उनको माग प्रस्ट दर्शाउँछ । केही साताअघि उनी फिल्म ‘पाँच पाण्डव’को छायांकनमा जोडिएका थिए । आज शुक्रबार उनको नयाँ फिल्म ‘अक्षरा’को शुभ मुहूर्त गरिएको छ ।

नेपालमा फिल्म रिलिजका लागि सबैभन्दा उपयुक्त समय दशैंलाई मानिन्छ । लामो विदा र दर्शक ‘फेस्टिभ मुड’मा हुने भएकाले दशैंमा राम्रो व्यापार हुने विश्वास निर्माताहरूमा छ । यसैले वर्षेनि दशैंमा फिल्म रिलिज गर्न ठूलै रस्साकस्सी हुने गरेको छ । केही वर्षयता दशैंको अवसरमा दुईभन्दा बढी फिल्म रिलिज हुँदै आएका छन् । यस वर्ष पनि त्यही अवस्था दोहोरिने देखिएको छ ।

विनयराज पौडेलको निर्देशनमा बन्न लागेको फिल्म ‘अक्षरा’मा सुशील सिटौला र न्यान्सी खड्काको जोडी बाँधिने भएको छ । शुक्रबार काठमाडौंको गुह्येश्वरी मन्दिरमा फिल्मको शुभ मुहूर्त गर्दै मुख्य कलाकारको रूपमा सुशील र न्यान्सी रहने जानकारी गराइयो । पूर्वमिस नेपाल इन्टरनेसनल समेत रहेकी न्यान्सीले फिल्म ‘१२ गाउँ’बाट डेब्यू गरेकी थिइन् ।

आगामी जेठ १५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रोल नं १’को टिजर सार्वजनिक गरिएको छ । बिहीबार युट्युबमार्फत सार्वजनिक झन्डै २ मिनेट लामो टिजरले फिल्मको कथावस्तु र सेटिङबारे जानकारी दिएको छ । ग्रामीण परिवेशमा आधारित फिल्मले बालबालिकामा पढाइको बोझले पार्ने मानसिक दबाबको कथा पेस गरेको छ ।

आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘काजी’को पहिलो गीत ‘वारि बर पारि पिपलु’ सार्वजनिक गरिएको छ । बिहीबार निर्माण पक्षले काठमाडौंको न्यूरोडस्थित रञ्जना सिनेप्लेक्समा आयोजित एक कार्यक्रमका बीच प्रेमिल भावको उक्त गीत दर्शकमाझ ल्याएको हो । गीतले युवायुवतीबीचको प्रेम, आत्मीयता र समर्पणको भाव व्यक्त गरेको छ ।

