मिति : २०८२ वैशाख २०, शनिवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 295 - 300 of 22567
फिल्मीखबर, काठमाडौं, २०८१ फाल्गुन ४, आईतवार

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘रंगी’ बुकिङ खुलेको समयदेखि नै हलहरुको उपेक्षामा पर्‍यो । फिल्मले पहिलो दिन देशभर ६० शो पनि पाएन । एकैदिन प्रदर्शनमा आएको अर्को फिल्म ‘दु:खी आत्मा’को शो भने २ सय बढी थियो । देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले ‘रंगी’लाई शोमा सबैभन्दा बढी चेपेको देखिन्छ । यो चेनले शुक्रबार ३६ बढी पर्दामा जम्मा १६ शो दिएको थियो ।

फिल्मीखबर, काठमाडौं, २०८१ फाल्गुन ४, आईतवार

आगामी चैत ८ गतेबाट प्रदर्शनमा आउन लागेको क्राइम-थ्रिलर फिल्म ‘११:५५’को टिजर सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक १ मिनेट ३४ सकेण्ड लम्बाईको टिजरमा पात्रहरुबीचको लभ, रोमान्स, धोका र बदलाको कथा समेटिएको छ । विश्वास गरिएका व्यक्तिबाटै समस्यामा परेका पात्रहरुको कथामा फिल्म आधारित रहेको टिजरले प्रष्ट पार्छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ फाल्गुन ४, आईतवार

महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित भएर बनेको फिल्म ‘अञ्जिला’को बेलायतको एल्डरसटस्थित एम्पायर हलमा शनिबार प्रिमियर गरिएको छ । बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेको प्रमुख अतिथ्यतामा भएको प्रिमियरमा फिल्मले उत्साहजनक प्रतिक्रिया पाएको निर्देशक मिलन चाम्सले जानकारी दिए ।

फिल्मीखबर, काठमाडौं, २०८१ फाल्गुन ४, आईतवार
फिल्मीखबर, काठमाडौं, २०८१ फाल्गुन ३, शनिवार
फिल्मीखबर, काठमाडौं, २०८१ फाल्गुन ३, शनिवार

प्रेम दिवसको दिन पारेर शुक्रबारबाट नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनमा आएको फिल्म ‘दुःखी आत्मा’लाई युएईमा भने प्रतिबन्ध लगाइएको छ । दुईपटक सेन्सर गर्दा पनि ‘युएई मिडिया काउन्सिल’ले रिलिज अनुमति नदिँदा युएईमा बस्ने नेपालीहरु फिल्म हेर्नबाट बञ्चित भएका छन् । युएईमा फिल्म सेन्सर पास नहुँदा अर्को देश बहराइनमा पनि फिल्मको रिलिज रोकिएको छ ।

Results : 295 - 300 of 22567