Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 307 - 312 of 23981
फिल्मीखबर, काठमाडौं, 2026-04-29, बुधवार

करिब डेढ वर्षअघि सार्वजनिक भएको ‘पैसा’ गीतबाट चर्चामा आएका गायक तथा कमेडियन कुशल पोख्रेललाई यतिबेला फिल्म गायनमा भ्याइनभ्याइ छ । ‘बेहुली फ्रम मेघौली’, ‘रमिताको पिरती’ जस्ता फिल्ममा गीत गाइसकेका उनले अब अर्को फिल्म ‘बब डाइ’मा पनि र्‍याप गाएका छन् । यही फिल्मबाट उनले अभिनयमा डेब्यू समेत गरेका छन् । 

फिल्मीखबर, काठमाडौं, 2026-04-28, मंगलवार

अभिनेत्री रेखा थापाले ८औं फिल्मको रूपमा ‘काउकुती’ निर्माण गर्ने भएकी छन् । उनले मंगलबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै फिल्म निर्माणको औपचारिक घोषणा गरेकी हुन् । फिल्मको घोषणाअघि उनले सोमबार साँझ भारतको उत्तराखण्डस्थित कैंची धाम (हिन्दू सन्त नीम करोली बाबाका कारण परिचित मन्दिर)मा विशेष पूजाआजा गरेकी थिइन् । 

फिल्मीखबर, काठमाडौं, 2026-04-28, मंगलवार

अभिनेता द्वय दयाहाङ राई र सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘मितज्यू’ आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । यसका टिजर र ‘गैराघरे काइँली’ गीतलाई दर्शकले रुचाएसँगै विदेशमा फिल्मको माग बढ्न थालेको छ । मंगलबार मात्र निर्माताले ६ देशमा फिल्मको प्रदर्शन अधिकार बिक्री गरेका छन् । 

फिल्मीखबर, काठमाडौं, 2026-04-28, मंगलवार

यस वर्षको दशैंको फूलपातीमा प्रदर्शन गर्ने लक्ष्यसहित निर्माण गरिएको फिल्म ‘झिँगेदाउ २’ अब असोज २ गतेबाट प्रदर्शनमा आउने भएको छ । असोज ३ गते पर्ने संविधान दिवसलाई लक्षित गर्दै निर्माताले फिल्मको प्रदर्शन मिति तय गरेका हुन् । मंगलबार नयाँ मितिसहित निर्माता कम्पनी कपनगढी सिनेमाले फर्स्टलुक पोस्टर पनि सार्वजनिक गरेको छ ।

फिल्मीखबर, काठमाडौं, 2026-04-28, मंगलवार

‘गौंथली’लाई नेपालको ‘कल्ट क्लासिक’ फिल्ममध्ये एक मानिन्छ । दुई दशकअघि डा. भोला रिजालले निर्माण गरेको यो फिल्मले त्यसबेला ठूलो व्यावसायिक सफलता हासिल गरेको थियो । वसन्त श्रेष्ठको निर्देशनमा बनेको यो नेपालको पहिलो गीति फिल्म समेत हो । अब सोही नाममा डा. रिजालका छोरा तथा निर्देशक डा. कपिल रिजालले नयाँ फिल्म बनाएका छन् । 

फिल्मीखबर, काठमाडौं, 2026-04-28, मंगलवार

हास्य सिरियल ‘सर्खारको सर’का निर्देशक विनयराज पौडेलले अब फिल्म निर्देशनमा डेब्यू गर्ने भएका छन् । उनको निर्देशनमा बन्न लागेको फिल्मको नाम ‘अक्षरा’ राखिएको छ । मंगलबार निर्माण पक्षले कथावस्तु र त्यसको सेटिङबारे जानकारी दिने थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको औपचारिक रूपमा निर्माण घोषणा गरेको हो ।  

Results : 307 - 312 of 23981