
लामो समयदेखि चलिरहेको पूर्वपति छविराज ओझासँगको मानाचामलको मुद्दा किनारा लागेसँगै अभिनेत्री शिल्पा पोखरेल ‘ओशो सन्यासी’ बनेकी छन् । उनले काठमाडौंको नागार्जुनस्थित ओशो तपोवनमा आनन्द अरुणबाट ‘नवसन्न्यास दीक्षा’ ग्रहण गरेकी हुन् । सन्न्यास धारण गर्नुअघि उनले तपोवनमा १० दिनसम्म ध्यान गरेकी थिइन् । उनले नयाँ नाम समेत पाएकी छन्, ‘माँ प्रेम हाँस्या’ ।

यही शुक्रबार (फागु्न ९ गते)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ताण्डवम्’लाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले प्रदर्शन अनुमति दिन अस्वीकार गरेको छ । फिल्ममा समावेश हिंसाका दृश्यप्रति आपत्ति जनाउँदै सेन्सर बोर्डले फिल्म रोकेको हो । फिल्मका केही हिंसात्मक दृश्यहरु हटाएर ल्याउन बोर्डले निर्देशन दिएको छ । मंगलबार बेलुका फिल्मको जाँच गरिएको थियो ।

यही फागुन १४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लाज शरणम्’को प्रचारप्रसार सामाजिक संजाल र संचारमाध्यममा नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ । पूर्व श्रममन्त्री मोहम्मद आफ्ताब आलमले दायर गरेको मुद्धामा मंगलबार भएको प्रारम्भिक सुनुवाईपछि न्यायाधीशद्वय लालबहादुर कुवँर र हेमन्त रावलको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।

भारतको केआईआईटी कलेजमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणलाई लिएर अभिनेत्री नीता ढुंगानाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालको इज्जत जोगाउन आग्रह गरेकी छन् । मंगलबार फेसबुकमा स्टाटस लेख्दै उनले उक्त घटनामा नेपालको बेइज्जत गरिएको र त्यसको जिम्मेवारी कांग्रेस, एमाले र माओवादीले लिनुपर्ने कि नपर्ने भनेर समेत प्रश्न गरेकी छन् ।

अभिनेता विनय श्रेष्ठको करिअरको सम्झनलायक फिल्ममध्येको एक मानिन्छ, ‘रेशम फिलिली’ । यसमा उनको चरित्र सशक्त थियो । उनले रेशम पात्रको भूमिकामा अभिनय गरेका थिए । एकपटक फेरि उनी त्यही भूमिकामा देखिँदैछन्, ‘फेरि रेशम फिलिली’मा । मंगलबार सार्वजनिक भएको ट्रेलर हेर्दा ९ वर्षपछि पनि विनयले रेशम पात्रमा आफूलाई जीवन्त रुपमा रुपान्तरण गरेको देखिन्छ ।

९ वर्षअघि प्रदर्शित फिल्म ‘रेशम फिलिली’को मुख्य पात्र रेशम (विनय श्रेष्ठ)को उद्देश्य कतार उड्नु थियो । यतिबेला त्यही पात्र ‘फेरि रेशम फिलिली’मा अमेरिका जान संघर्ष गरिरहेको छ । के रेशम अमेरिका जाला ? यसैमा केन्द्रित भएर मंगलबार फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । ३ मिनेट लम्बाईको ट्रेलरमा रेशम पात्रको डीभी परेपछि आउने अवरोधको कथा देखाइएको छ ।