Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘झिँगेदाउ २’को टिजरमा केकी−आँचलको झगडा र आमाको खोजी

फिल्मीखबर, काठमाडौं, 2026/08/05

JHINGEDAAU 2

 

संविधान दिवसको अवसर पारेर असोज २ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘झिँगेदाउ २’को टिजर सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच निर्माण पक्षले झन्डै २ मिनेट लम्बाइको टिजर दर्शकमाझ ल्याएको हो । टिजरले फिल्मको कथावस्तु र केन्द्रीय द्वन्द्वबारे संक्षिप्तमा प्रकाश पारेको छ । 

टिजरको सुरुवात हिउँवाला गौतमबाट हुन्छ, जो दुःखी हुँदै मध्यरातमा घर छाडेर जाँदै गरेकी देखिन्छिन् । त्यसपछि जेठानी र देउरानीको भूमिकामा रहेका केकी अधिकारी र आँचल शर्माबीचको झगडा र एउटा रुखलाई लिएर उत्पन्न विवादपछि आमाको खोजी भइरहेको टिजरमा देखाइएको छ । समग्रमा टिजरले पारिवारिक कथावस्तुको झलक प्रस्तुत गरेको छ ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको यस फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट, हिउँवाला गौतम, आर्यन सिग्देल, बसुन्धरा भुषाल, चैत्यदेवी, सरोज खनाल, संगम भण्डारी, अयभराज बराल, अंशु महर्जन, विजय देउजा, उत्तम केसीलगायतका कलाकारहरूको अभिनय रहेको छ । बसुन्धरा र चैत्यदेवीले ६२ वर्षपछि फिल्ममा एकसाथ काम गरेका हुन् ।

सुलभ प्रतिक देउजा र समिक्षा देउजाको लगानीमा बनेको फिल्ममा विष्णु घिमिरे (कल्पित)को डीओपी, मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी तथा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ । फिल्मको पटकथा तथा संवाद परिच्छेद सेनले लेखेका हुन् भने कथा गोविन्द फुयाल र शिशिर चालिसेको हो ।