मिति : २०८२ वैशाख २०, शनिवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 277 - 282 of 22568
फिल्मीखबर, काठमाडौं, २०८१ फाल्गुन ९, शुक्रवार

अत्याधिक हिंसात्मक दृश्य रहेको भन्दै सेन्सरमा समेत रोकिएको फिल्म ‘ताण्डवम्’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । निर्माताले १० मिनेट लामो दृश्य काटेपछि बिहीबार केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले पिजी सर्टिफिकेट प्रदान गर्दै फिल्मलाई प्रदर्शन अनुमति दिएको थियो । यो फिल्म १६ वर्षभन्दा मुनिका बालबालिकाले अभिभावकको साथमा मात्र हेर्न पाउनेछन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ फाल्गुन ८, बिहिवार

यही फागुन १४ गते अर्थात् महाशिवरात्रिबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मायावी’को भजन गीतको रुपमा ‘माता विन्दवासिनी’ सार्वजनिक गरिएको छ । एसडी योगीको पार्श्व गायन तथा संगीत रहेको गीतमा राम अविरल विष्टको शब्द छ । गीतले विन्दवासिनी माताप्रतिको श्रद्धा एवं भक्तिभाव व्यक्त गर्छ । मान्छेहरुमा रहेको स्वार्थीपन, कुकर्मलाई पखालिदिन गरिएको प्रार्थना गीतमा छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ फाल्गुन ८, बिहिवार

अत्याधिक हिंसात्मक दृश्य रहेको भन्दै सेन्सरमा रोकिएको फिल्म ‘ताण्डवम्’ले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट प्रदर्शन अनुमति पाएको छ । १० मिनेटको हिंसात्मक दृश्य काटेर निर्माताले बिहीबार पुनः फिल्मको सेन्सर गराएपछि बोर्डले पिजी सर्टिफिकेट दिँदै रिलिजका लागि बाटो खुला गरिदिएको हो । अब यो फिल्म १६ वर्षमुनिकाले अभिभावकको साथमा हेर्नुपर्नेछ ।

फिल्मीखबर, काठमाडौं, २०८१ फाल्गुन ८, बिहिवार

धेरै अगाडिदेखि चर्चा भइरहेको फिल्म हो, ‘२६ करोड’ । निर्देशक दिनेश राउत अलग भएपछि यो फिल्म बन्न सकेका थिएन । अब यसलाई ‘पूजार सार्की’का निर्माता सुभास भुसालले निर्माण गर्ने भएका छन् । अर्कै एक कम्पनीको नाममा रहेको फिल्मको सम्पूर्ण अधिकार उनले लिएका हुन् । २०८२ सालमा छायांकनको तयारी गरिएको यो फिल्मलाई लेखक विकास सुवेदीले निर्देशन गर्नेछन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ फाल्गुन ८, बिहिवार

कलाकार केदार घिमिरेको मुख्य भूमिका रहने फिल्म ‘माग्ने राजा’को कलाकार टोलीमा विल्सन विक्रम राई पनि सामेल भएका छन् । मंगलबार निर्माताले विल्सनसँग लिखित सम्झौता गरेका हुन् । योसँगै फिल्ममा केदार र विल्सनको जुगलबन्दी पक्का भएको छ । दुवैले ७ वर्षपछि फिल्ममा सँगै काम गर्न लागेका हुन् । पछिल्लो पटक उनीहरुले फिल्म ‘रामकहानी’मा सहकार्य गरेका थिए ।

फिल्मीखबर, काठमाडौं, २०८१ फाल्गुन ८, बिहिवार

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)बाट पैसा लिएर मह सञ्चारले दुई दशक अगाडि ‘पञ्चायत व्यवस्थाको सराध्य’ नामक कार्यक्रममार्फत हिन्दू धर्म विरोधी प्रचार गरेको आरोप लागेपछि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले त्यसको खण्डन गरेका छन् । बिहीबार सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै मह जोडीले आफूहरुविरुद्ध अनर्गल प्रचार गरिएको बताए ।

Results : 277 - 282 of 22568