मिति : २०८२ वैशाख २०, शनिवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 289 - 294 of 22567
फिल्मीखबर, काठमाडौं, २०८१ फाल्गुन ६, मंगलवार

अभिनेताद्वय विजय बराल र विल्सन विक्रम राईको मुख्य भूमिका रहेको फिल्म ‘यो मन त मेरो नेपाली हो’ आगामी असार २७ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माताले मंगलबार आरआर फिल्मसँग वितरणसम्बन्धी सम्झौता गरेपछि फिल्मको प्रदर्शन मिति घोषणा गरेका हुन् । अहिलेसम्म उक्त मितिमा फिल्मलाई सोलो रिलिजको अवसर छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ फाल्गुन ५, सोमवार

आउटडोर फिल्म स्टुडियो निर्माण गर्न चलचित्र विकास बोर्ड र धुलिखेल नगरपालिकाबीच १३०० रोपनी जग्गा हस्तान्तरणसम्बन्धी प्रारम्भिक सम्झौता भएको छ । धुलिखेल नगरपालिकाको ३९औँ स्थापना दिवसमा नगरप्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठ र बोर्ड अध्यक्ष दिनेश डिसीले समझदारी पत्रमा हस्ताक्षर गरे । सो अवसरमा पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटा पनि उपस्थित थिए ।

फिल्मीखबर, काठमाडौं, २०८१ फाल्गुन ५, सोमवार

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘रंगी’ले व्यापारमा सुधारका लागि हलमा संघर्ष गरिरहेको छ । दर्शकीय प्रतिक्रिया राम्रो भए पनि व्यापार बढ्न सकेको छैन । यसैबीच, सोमबार फिल्मको नयाँ गीत ‘उडिदेउ’ सार्वजनिक गरिएको छ । गीतमा अन्जान रानाभाटको पार्श्व गायन तथा संगीत छ भने सौगात सापकोटाको शब्द रचना, सम्रिक बादेको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ फाल्गुन ५, सोमवार

गत कात्तिक ३० गते प्रदर्शनमा आएको फिल्म ‘ह्रस्व दीर्घ’ले घरेलु बक्स अफिसमा सन्तोषजनक व्यापार गर्‍यो । ६ करोडमा बनेको फिल्मले नेपालमै १० करोडमाथि कमाएको निर्माताको दाबी छ । भारतीय कम्पनी जी नेटवर्कलाई फिल्मको ओटीटी राइट्स समेत बिक्री गरिएको छ । त्यसबाट निर्माताले राम्रो रकम हात पारेका छन् । अब यो फिल्मको दोस्रो श्रृंखला निर्माण गरिने भएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ फाल्गुन ५, सोमवार

पछिल्लो समय सामाजिक कथामा फिल्म निर्माणको बाढी आएको छ । र, त्यस्ता कथा रुचाइएका पनि छन् । यसैले अन्य कथामा फिल्म बन्न कम भएको देखिन्छ । झन् लभस्टोरीको त खडेरी नै छ । अब धेरैपछि एउटा पूर्ण लभस्टोरी फिल्म प्रदर्शनमा आउँदैछ । त्यो हो, ‘मायावी’ । नामले नै फिल्म प्रेमकथामा बनेको प्रष्ट हुन्छ । यो फिल्म यही फागुन १४ गते (शिवरात्रि)देखि प्रदर्शन हुँदैछ ।

फिल्मीखबर, काठमाडौं, २०८१ फाल्गुन ५, सोमवार

कुनै समय नेपाली फिल्ममा सशक्त उपस्थिति जनाएकी अभिनेत्री जल शाह करिब दुई दशकदेखि परिवारसहित अमेरिकामा बस्दै आएकी छन् । अमेरिका गएपछि उनको फिल्मसँग पनि दूरी बढ्यो । उनी पछिल्लो पटक सन् २००६ मा आएको फिल्म ‘क्रोध’मा देखिएकी थिइन् । यतिबेला श्रृंखलाबद्ध रुपमा पुराना कलाकारहरुको पुनरागमन भइरहेको समयमा अब पखाई जल शाहको छ ।

Results : 289 - 294 of 22567