
यस वर्षको दशैंमा प्रदर्शन हुन लागेको फिल्म ‘बाटुलो जून’का निर्माता र वितरकबीच आर्थिक लेनदेनको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । बुधबार वितरक कम्पनी काफिया फिल्म्सका गोविन्द शाहीले निर्मात्री जिया केसीसँग गरेको वितरणसम्बन्धी सम्झौताको पत्र सार्वजनिक गर्दै २४ घन्टाभित्र हिसाब चुक्ता गर्न अल्टिमेटम दिएपछि फिल्मको विवाद सतहमा आएको हो ।

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘परालको आगो’ले पहिलो साता बक्स अफिसमा सुखद नतिजा निकालेको छ । पहिलो दुई दिनमा १ करोडमाथिको व्यापार गरेको फिल्मले ६ दिनमा भने २ करोडको आँकडा पार गरेको छ । बिहीबार निर्माता सुशील पोखरेलले चलचित्र विकास बोर्डको आधिकारिक तथ्यांक नै सार्वजनिक गर्दै कमाइबारे जानकारी दिएका हुन् ।

अभिनेता सौगात मल्लको मुख्य भूमिका रहने फिल्म ‘जुबा’को छायांकन सुरु गरिएको छ । मंगलबार सर्लाहीको एक मन्दिरमा विशेष पूजाआजा गर्दै शुभ मुहूर्त गरेपछि बुधबारबाट फिल्मको छायांकन थालिएको हो । सर्लाहीमा ७ दिनसम्म फिल्मको छायांकन हुने जनाइएको छ । यसपछि काठमाडौं र भारतको राजस्थानमा छायांकन गरिनेछ ।

फिल्म प्रदर्शनको उच्च चाप हुने महिनामध्ये भदौ पनि एक मानिन्छ । जनै पूर्णिमा, कृष्ण जन्माष्टमी र तीज गरी तीनवटा पर्व यो महिनामा पर्ने भएकाले फिल्म रिलिजका लागि निर्माताहरूबीच ठूलै हानाथाप हुने गरेको छ । केही वर्षयता यो महिनामा आधा दर्जनभन्दा बढी फिल्म रिलिज हुँदै आएका छन् । गत वर्षको भदौमा मात्र ८ वटा फिल्म प्रदर्शन भएका थिए ।

आगामी जेठ १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘एक मुठ्ठी बादल’मा नयाँदेखि पुरानो पुस्ताका स्थापित कलाकारहरूको पल्टन नै छ । त्यसमध्ये सबैभन्दा कान्छो कलाकार भने अविरल प्रताप अधिकारी हुन् । यसमा उनले अभिनेत्री आँचल शर्माको भाइको भूमिकामा अभिनय गरेका छन् । यो उनी अभिनीत पहिलो फिल्म समेत हो ।

अभिनेत्री नीता ढुंगानाको डेब्यू निर्देशकीय फिल्म ‘पार्वती’को २२ दिनमा सम्पूर्ण छायांकन सकिएको छ । बुधबार पोखरामा अन्तिम दृश्य खिचिएसँगै फिल्मको छायांकन पूरा भएको हो । गत चैत २४ गते कास्कीको मिर्सा गाउँबाट ३० दिनको तालिकामा फिल्मको छायांकन सुरु गरिएको थियो । काम छिटो हुँदा ८ दिन अगावै छायांकन सकिएको नीताले जानकारी दिइन् ।

