Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मास्टर्नी’को ट्रेलरमा छोरीलाई बचाउन आमाको संघर्ष

फिल्मीखबर, काठमाडौं, 2026/08/06

Priyanka Karki, Simran Khadka

 

अभिनेत्री प्रियंका कार्कीले पहिलो पटक निर्माण गरेको फिल्म ‘मास्टर्नी’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच झन्डै २ मिनेट लामो ट्रेलर दर्शकमाझ ल्याइएको हो । ट्रेलरले फिल्मको कथावस्तु संक्षिप्तमा प्रकाश पारेको छ । पेशाले शिक्षिका रहेकी आमाले आफ्नी छोरीलाई बचाउन गरेको संघर्षलाई ट्रेलरमा देखाइएको छ ।

ट्रेलरअनुसार एक लेस्बियन युवतीले सिम्रन खड्कासँग जबर्जस्ती सम्बन्ध राख्ने प्रयास गर्छिन् । त्यसको प्रतिवाद गर्दा आइपर्ने समस्या र त्यसबाट सिम्रनलाई जोगाउन प्रियंकाले गरेको संघर्षलाई रोचक ढंगले देखाइएको छ । ट्रेलर हेर्दा प्रियंकाको पात्र चतुर देखिन्छ, जसले भारतीय फिल्म ‘दृश्यम’का मुख्य पात्र विजय सालगांवकर (अजय देवगन)को झल्को दिन्छ ।

शुभेन्द्र घोषको निर्देशनमा बनेको यस फिल्ममा प्रियंका र सिम्रनसहित आर्यन सिग्देल, सरोज खनाल, गौरी मल्ल, प्रमोद अग्रहरी, ऋचा शर्मा, अनुपविक्रम शाही, दीपाश्री निरौला, दीपकराज गिरी, जितु नेपाललगायतका कलाकारहरूको अभिनय रहेको छ । आयंका फिल्म्सको ब्यानरमा प्रियंका कार्की, क्याबिनेट श्रेष्ठ, आयुष्मान जोशी र प्रनित कार्कीले फिल्मको निर्माण गरेका हुन् ।  

आगामी भदौ ५ गतेदेखि प्रदर्शनमा आउने फिल्मको कार्यकारी निर्माता सुरक्षा सिंह मलहोत्रा (प्रियंका कार्कीकी आमा) र सिमोस सुनुवार हुन् । प्रियंका स्वयंको कथा रहेको फिल्मको पटकथा शान बस्नेतले लेखेका हुन् । संवाद भने प्रियंका र शानको हो । युवराज इन्दोरियाको छायांकन रहेको फिल्मलाई राजा सिंह सिदुले सम्पादन गरेका छन् ।