मिति : २०८२ आषाढ ४, बुधवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 313 - 318 of 22713
एजेन्सी, काठमाडौं, २०८१ चैत्र ६, बुधवार

‘उमेर भनेको एक संख्या मात्र हो’ भन्ने उखान कसैका लागि सान्दर्भिक छ भने त्यो बलिउड सुपरस्टार अमिताभ बच्चनका लागि छ । उमेरले ८१ वर्ष पार गरिसक्दा पनि उनको जोश र सक्रियतामा कुनै कमी आएको छैन । अहिले पनि उनको पाइपलाइनमा आधा दर्जन बढी फिल्म छन् । वर्षौंदेखि टिभी गेम शो ‘कौन बनेगा करोडपति’ चलाइरहेका उनीसँग ब्रान्डका विज्ञापन पनि पर्याप्त छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ चैत्र ६, बुधवार

आगामी नयाँ वर्ष २०८२ लाई लक्षित गरेर चैत २९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएका तीन एक्सन फिल्ममध्ये ‘नरसिंहा अवतार’ प्रतिस्पर्धाबाट पछाडि हटेको छ । प्राविधिक काम नसकिएकाले पूर्वनिर्धारित मितिमा फिल्म नआउने निर्देशक दीवाकर भट्टराईले जानकारी दिए । फिल्मको नयाँ प्रदर्शन मिति भने तय भएको छैन । तर, आगामी जेठमा रिलिजको तयारी भइरहेको उनले बताए ।

फिल्मीखबर, काठमाडौं, २०८१ चैत्र ६, बुधवार

अभिनेत्री वर्षा राउतको मुख्य भूमिका रहेको फिल्म ‘हिउँको गीत’को मोसन पोस्टर सार्वजनिक भएको छ । फिल्मका पाँच प्रमुख कलाकारलाई समेटिएको पोस्टरले फिल्मको विषयवस्तुलाई विम्बात्मक रुपमा प्रस्तुत गरेको छ । औँठाछापको पृष्ठभूमिमा तयार पारिएको पोस्टरले विस्थापनको कथासँगै कलाकारहरुको उदास भावमार्फत् चरित्रको अनन्त प्रतीक्षाको नियतिलाई संकेत गर्छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ चैत्र ५, मंगलवार

मिस नेपाल भएपछि फिल्म ‘साङ्लो’बाट अभिनय करिअर सुरू गरेकी अभिनेत्री निकिता चाण्डकका लागि यस वर्ष एकदमै विशेष बनेको छ । त्यसको पछाडि दुईवटा कारण छन् । पहिलो, उनी अभिनीत फिल्म ‘राजागंज’ गत बिहीबारदेखि प्रदर्शनरत छ, जसमा उनको अभिनयलाई लिएर प्रशंसा भइरहेको छ । दोस्रो, गत फेब्रुअरीदेखि उनले पहिलो भारतीय प्रोजेक्टमा काम गरिरहेकी छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ चैत्र ५, मंगलवार

आगामी बैशाख १२ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘खेल’को दोस्रो चरणको पोस्टर सार्वजनिक गरिएको छ । फिल्मका प्रमुख कलाकारहरू सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य,  समापिका गौतम, मिथिला शर्मा, सरिता गिरी र भोलाराज सापकोटालाई समेटिएको पोस्टरमा सबैलाई गम्भीर भावमा देख्न सकिन्छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ चैत्र ४, सोमवार

गत बिहीबार अर्थात् होलीको दिनबाट प्रदर्शनमा आएको फिल्म ‘अञ्जिला’ले बक्स अफिसमा सुखद् व्यापार गरिरहेको छ । शनिबार व्यापारमा उछाल कायम गरेको फिल्मले आइतबारबाट कामकाजी दिनमा पनि दर्शकको राम्रो साथ पाएको छ । प्रतिक्रिया उस्तै उत्साहजनक मिलेको छ । दर्शकहरू फिल्म हेरेर रुँदै निस्किरहेका छन् भने रोएका भिडियोहरू टिकटकमा भाइरल बनेका छन् ।

Results : 313 - 318 of 22713