Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 313 - 318 of 23981
फिल्मीखबर, काठमाडौं, 2026-04-27, सोमवार

संगीतकार हरि लम्सालको डेब्यू निर्देशकीय फिल्म ‘बाः एक योद्धा’ कृष्ण जन्माष्टमीको अवसर पारेर भदौ १९ गते (४ सेप्टेम्बर)बाट प्रदर्शनमा आउने भएको छ । सोमबार निर्माता कम्पनी आर्टिस्टिक इन्टरटेनमेन्टले थिम पोस्टरमार्फत प्रदर्शन मितिबारे जानकारी दिएको हो । उक्त मितिमा अरु दुई फिल्म ‘ककाकिकी’ र ‘स्टेशन’ पनि प्रदर्शन हुँदैछन् ।

फिल्मीखबर, काठमाडौं, 2026-04-27, सोमवार

कुनै समय बादी समुदायमा प्रचलित नथिया कुप्रथा (कुमारित्व किनबेच)मा आधारित फिल्म ‘लालीबजार’ विरुद्ध उच्च अदालत पाटनमा रिट दायर भएको छ । बादी समुदायको तर्फबाट रोशनी नेपालीले फिल्मको प्रदर्शन रोक्न माग गर्दै सोमबार अदालतमा मुद्धा दायर गरेकी हुन् । अदालतले यो मुद्धाको पेशी मंगलबारलाई तोकेको छ । 

फिल्मीखबर, काठमाडौं, 2026-04-27, सोमवार

गायक रामकृष्ण ढकालले पहिलो पटक निर्माण गरेको फिल्म ‘मालती मंगले’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार निर्माण पक्षले काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै तीन मिनेटभन्दा लामो ट्रेलर सार्वजनिक गरेको हो । हाँसो र रोदन मिश्रित ट्रेलरमा एक जोडी (विजय बराल र वर्षा राउत)को प्रेम सम्बन्धदेखि विवाहसम्मको यात्रा देखाइएको छ । 

फिल्मीखबर, काठमाडौं, 2026-04-27, सोमवार

अभिनेता विराज भट्टको निर्माण तथा निर्देशनमा बन्न लागेको फिल्म ‘१२ गाउँ २’मा कलाकारको लाइनअप रोचक बनिरहेको छ । यही वैशाख अन्तिम साताबाट छायांकन सुरु हुन लागेको यस फिल्ममा विराज स्वयं मुख्य भूमिकामा देखिँदैछन् । उनीसँगै समीर भट्ट, अनुप विक्रम शाही, खुसी कार्की लगायतको पनि फिल्ममा अभिनय रहने तय भइसकेको छ । 

फिल्मीखबर, काठमाडौं, 2026-04-27, सोमवार

नेपालका सफल निर्देशकमध्ये एक हुन्, प्रदीप भट्टराई । सन् २०१६ मा प्रदर्शन भएको ‘जात्रा’बाट निर्देशकीय यात्रा सुरु गरेका उनले १० वर्षको अवधिमा ५ वटा फिल्म निर्देशन गरिसकेका छन् । र, ती सबै फिल्म व्यावसायिक रूपमा सफल छन् । तर, उनले पहिलो पटक आफू आबद्ध षट्कोण आर्ट्सको नयाँ फिल्म ‘लालीबजार’मा भने निर्देशकीय जिम्मेवारी सम्हालेनन् । 

फिल्मीखबर, काठमाडौं, 2026-04-27, सोमवार

नयाँ वर्ष २०८३ का दुई फिल्म ‘राम नाम सत्य’ र ‘पहाड’को आधिकारिक बक्स अफिस तथ्यांक सार्वजनिक भएको छ । सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको विवरणअनुसार दुई फिल्ममध्ये ‘राम नाम सत्य’ कमाइमा पाँच गुणाभन्दा बढीले अगाडि देखिएको छ । गत चैत २७ गते प्रदर्शन भएको यो फिल्मले वैशाख १२ गते (शनिबार)सम्म ३ करोडको आँकडा पार गरेको छ । 

Results : 313 - 318 of 23981