Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘गौँथली’को दबदबाबीच प्रदर्शनमा आए ‘हली’ र ‘कमला मिस’

फिल्मीखबर, काठमाडौं, 2026/08/07

hali and kamala miss

 

विगत तीन सातादेखि घरेलु बक्स अफिसमा फिल्म ‘गौँथली’ले बलियो पकड बनाएको छ । तीन सातामा साढे १६ करोडको व्यापार गरिसकेको फिल्मप्रति दर्शकको आकर्षण अझै घटेको छैन । यस्तो अवस्थामा शुक्रबारबाट दुई नयाँ फिल्म ‘हली’ र ‘कमला मिस’ एकसाथ प्रदर्शनमा आएका छन् । दुवै फिल्म विषयवस्तुका हिसाबले नितान्त फरक छन् ।

छाउपडी प्रथा र किसानको संघर्षको कथामा आधारित ‘हली’ले देशव्यापी ५० भन्दा बढी शो पाएको छ । त्यसमध्ये केही शोमा टिकट बिक्री सुखद देखिएको छ । बाल मनोविज्ञानमा आधारित फिल्म ‘कमला मिस’को भने देशव्यापी शो ४० हाराहारी छ । तर, फिल्मको टिकट बिक्रीको अवस्था निराशाजनक देखिन्छ । फिल्मका प्रायः शो खाली देखिएका छन् ।

ओम प्रतीकले लेखन तथा निर्देशनमा बनेको ‘हली’मा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, ओम प्रतीक, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीलगायतका कलाकारहरूको अभिनय रहेको छ । जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायू फिल्म्सको सहकार्यमा निर्माण भएको फिल्मका निर्माता पूजा गुरुङ र जस्मिन श्रेष्ठ हुन् । 

अभिनेता नीर शाहको निर्देशनमा बनेको ‘कमला मिस’मा शाहसहित रमेश बुढाथोकी, बास्ना तिमिल्सिना, शिवम् सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्ण मुरारी ढुंगेल, सुशान्त श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसीलगायतका कलाकारहरूले अभिनय गरेका छन् । यो फिल्म साहित्यकार विजय मल्लद्वारा लिखित नाटक ‘कोही किन बर्बाद होस्’मा आधारित छ ।