Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 271 - 276 of 24136
फिल्मीखबर, काठमाडौं, 2026-06-29, सोमवार

‘खुस्मा’का निर्देशक अशोक थापा मगरको दोस्रो निर्देशकीय फिल्म ‘जलाकी’ छठ पर्व लगत्तै प्रदर्शनमा आउने भएको छ । सोमबार राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको अवसरमा फिल्मका दुईवटा पोस्टर सार्वजनिक गर्दै मंसिर ४ गतेलाई प्रदर्शन मिति तय गरिएको हो । अहिलेसम्म अरु फिल्मले भने यो मिति रोजेका छैनन् । 

फिल्मीखबर, काठमाडौं, 2026-06-28, आईतवार

अभिनेत्री स्वस्तिमा खड्काका लागि यस वर्षको सुरुवात सानदार रह्यो । उनको मुख्य भूमिका रहेको फिल्म ‘लालीबजार’ले ठूलो व्यावसायिक सफलता हासिल गरेको छ । हिजो शनिबार प्रदर्शनको ५१ दिन मनाएको फिल्मले सो अवधिसम्म ९ करोड ३५ लाखमाथिको व्यापार गरिसकेको छ । यस वर्ष ५ करोडमाथिको व्यापार गर्ने यो पहिलो फिल्म हो । 

फिल्मीखबर, काठमाडौं, 2026-06-28, आईतवार

निर्देशक रामराजा दाहाल करिब ११ वर्षपछि फिल्म निर्देशनमा फर्किने भएका छन् । ‘बुलबुल’ र ‘भूठान’का निर्माता अविरल थापाको नयाँ फिल्मबाट उनले निर्देशनमा पुनरागमन गर्न लागेका हुन् । उनले पछिल्लो पटक सन् २०१५ मा ‘हे युवा’ बनाएका थिए । हाल उनी फिल्मसम्बन्धी अध्यापन गराउने संस्था अस्कर इन्टरनेसनल कलेज अफ फिल्म स्टडिजका प्रिन्सिपल हुन् ।

फिल्मीखबर, काठमाडौं, 2026-06-28, आईतवार

तीजको छेको पारेर भदौ २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरले फिल्मकी मुख्य अभिनेत्री न्यान्सी खड्काको मनोभाव दर्शाउन खोजेको छ । गाउँको ढुङ्गे चौतारोमा बसेकी उनी गहिरो सोचमा देखिएकी छन् । यसले उनको पात्र अक्षरा कुनै गम्भीर समस्यासँग जुधिरहेको संकेत गर्छ । 

फिल्मीखबर, काठमाडौं, 2026-06-27, शनिवार

डिजिटल युगको आरम्भसँगै नेपाली फिल्मका लागि हलमा प्रदर्शनको ५१ दिन दुर्लभ बनेको छ । वर्षमा एकाध फिल्मले मात्र यो उपलब्धि हासिल गर्ने गरेका छन् । पछिल्लो पटक माघ १६ गते प्रदर्शनमा आएको फिल्म ‘आ बाट आमा’ले हलमा ५१ दिन मनाएको थियो । अब ५ महिनापछि फिल्म ‘लालीबजार’ले उक्त यात्रा पूरा गरेको छ । 

फिल्मीखबर, काठमाडौं, 2026-06-26, शुक्रवार

आगामी साउन २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लज्जावती’ले प्रचार अभियानलाई तीव्रता दिन थालेको छ । यसैक्रममा शुक्रबार फिल्मका पाँच नयाँ पोस्टर सार्वजनिक गरिएको छ । फिल्मका चार मुख्य कलाकारलाई समेटिएको पोस्टरले दुई जोडीको प्रेम दर्शाउने प्रयास गरेको छ । गाउँदेखि पशुपति आर्यघाटसम्मका दृश्य पोस्टरमा समावेश छन् ।

Results : 271 - 276 of 24136