Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बेलायतमा प्रदर्शन हुँदै ‘हली’

फिल्मीखबर, काठमाडौं, 2026/08/06

hali

 

यही शुक्रबार (२२ साउन)बाट प्रदर्शन हुन लागेको फिल्म ‘हली’को साइप्रसपछि बेलायतमा पनि प्रदर्शन अधिकार बिक्री भएको छ । सपन इन्टरटेनमेन्ट लिमिटेडले बिहीबार फिल्मको प्रदर्शन अधिकार खरिद गरेको हो । आगामी असोज ४ गते अर्थात् सेप्टेम्बर २० तारिखका दिन बेलायतको अल्डरशटस्थित प्रिन्सेस हलमा फिल्म प्रदर्शन हुनेछ । 

फिल्म प्रदर्शनको संघारमा रहँदा नेपालमा प्रचार अभियान तीव्र बनाइएको छ । काठमाडौंका विभिन्न कलेजमा प्रचार गर्नेदेखि पूर्वी जिल्लाहरू झापा, मोरङ र सुनसरी तथा पश्चिमतर्फ दाङ, नेपालगञ्ज र धनगढीमा सञ्चालित अधिकांश तीनपाङग्रे अटो तथा ई–रिक्समा फिल्मको पोस्टर टाँगिएको छ । यसले फिल्मको प्रचारमा ठूलो सघाउ पुगेको निर्माण टिमको विश्वास छ ।

छाउपडी प्रथा र किसानको संघर्षको कथामा आधारित यस फिल्ममा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीलगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ । फिल्मलाई ओम प्रतीकले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा उनी स्वयंको पनि मुख्य भूमिका रहेको छ । 

जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायू फिल्म्सको सहकार्यमा निर्माण भएको फिल्मका निर्माता पूजा गुरुङ (गर्वी) र जस्मिन श्रेष्ठ (ज्वानभिष) हुन् । अर्जुन भुसाल कार्यकारी निर्माता तथा नम्रता भण्डारी सह-निर्मातामा छन् । फिल्ममा राहुल राईको छायांकन, रामप्रसाद चौधरीको सम्पादन तथा शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत रहेको छ ।