Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 265 - 270 of 24136
फिल्मीखबर, काठमाडौं, 2026-06-30, मंगलवार

निर्माणको तयारीमा रहेको फिल्म ‘कंगाल करोडपति’मा मुख्य अभिनेत्रीको टुंगो लागेको छ । मंगलबार निर्माता कम्पनी सिनेमा पाठशालाले सलिना तामाङलाई फिल्ममा अनुबन्धित गरेको जनाएको छ । सलिनाले यही फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यू गर्दैछिन् । फिल्ममा उनको जोडी अभिनेता मुकुन भुसालसँग बाँधिनेछ । 

फिल्मीखबर, काठमाडौं, 2026-06-30, मंगलवार

कुनै बेला निर्देशक सुदर्शन थापा र अभिनेत्री पूजा शर्माबीचको सहकार्य उदाहरणीय मानिन्थ्यो । सुदर्शनका हरेक फिल्ममा पूजा नै मुख्य अभिनेत्रीका रूपमा देखिन्थिन् । पूजाले पनि सुदर्शन निर्देशक भएका फिल्म मात्र खेल्थिन् । दुवैले मिलेर केही फिल्म निर्माण पनि गरे । तर, दुई वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘रावायण’ले उनीहरूको सम्बन्ध नै ध्वस्त बनायो ।

फिल्मीखबर, काठमाडौं, 2026-06-29, सोमवार

संविधान दिवसको अवसर पारेर असोज २ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘झिँगेदाउ २’को पहिलो गीत ‘महिमा आमाको’ सार्वजनिक गरिएको छ । आमाको महिमा वर्णन गरिएको यस गीतमा प्रमोद खरेल र मनीषा सुनारको स्वर, डा. कृष्णहरि बरालको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको छ । गीतमा मर्मस्पर्शी भावका शब्दहरू छन् । 

फिल्मीखबर, काठमाडौं, 2026-06-29, सोमवार

‘द ब्लू लाइट’का निर्देशक बलिराम चौहानको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘ल्याङ्ग ल्याङ्ग’मा मुख्य अभिनेताको टुंगो लागेको छ । निर्माता कम्पनी स्काइफल पिक्चर्सले गायन पृष्ठभूमिका रिहान गिरीलाई फिल्ममा अनुबन्धित गरेको जनाएको छ । यसै साता निर्देशक चौहान र गिरीबीच लिखित सम्झौता भएको हो । 

फिल्मीखबर, काठमाडौं, 2026-06-29, सोमवार

अभिनेता जितु नेपालको लगानीमा बनेको फिल्म ‘आइएम जितबहादुर’ बक्स अफिसमा कमजोर देखिएको छ । सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको विवरणअनुसार १४ असार (आइतबार)सम्म फिल्मले ३१ लाख ७ हजार ६९२ रुपैयाँ ग्रस कमाएको छ । यस अवधिसम्म फिल्मका ९ हजार ६२६ वटा टिकट बिक्री भएका छन् । 

फिल्मीखबर, काठमाडौं, 2026-06-29, सोमवार

अभिनेता विजय बराल र अभिनेत्री पूजा शर्माको मुख्य भूमिका रहने फिल्म ‘रत्यौली’ फागुन २१ गतेबाट प्रदर्शनमा आउने भएको छ । सोमबार राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिनको अवसर पारेर निर्माताले फिल्मको प्रदर्शन मिति घोषणा गरेका हुन् । फिल्मलाई फागुन २२ गते परेको महाशिवरात्रिको अवसरमा प्रदर्शन गर्न लागिएको हो । 

Results : 265 - 270 of 24136