Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘हली’ र ‘कमला मिस’लाई एक साता टिक्न पनि हम्मे

फिल्मीखबर, काठमाडौं, 2026/08/12

गौँथली'को दबदबाबीच प्रदर्शनमा आए 'हली' र 'कमला मिस'

 

नेपाली फिल्मको भाग्य पनि अनौठोको छ । कुनै फिल्म हप्तौंसम्म हलबाट टसमस हुँदैनन् । कुनै फिल्मलाई एक साता टिक्न पनि हम्मे पर्छ । यस्तै परिदृश्य यतिबेला फिल्म क्षेत्रमा देखिएको छ । एकातिर चार सातादेखि ‘गौँथली’ले हलमा बलियो पकड बनाइरहेको छ भने अर्कोतिर गत शुक्रबार प्रदर्शन भएका दुई फिल्म ‘हली’ र ‘कमला मिस’ हलबाटै उत्रिने अवस्थामा पुगेका छन् ।

यी दुई फिल्ममध्ये सबैभन्दा नाजुक अवस्था ‘कमला मिस’को देखिन्छ । शून्य प्रचारबीच प्रदर्शनमा आएको फिल्मले ६ दिनमा देशव्यापी ५ प्रतिशत अकुपेन्सी पनि हासिल गर्न सकेन । यसैले प्रायः हलले फिल्मलाई उतारिसकेका छन् । प्रदर्शनको पहिलो दिन ४० बढी शो रहेको फिल्मको बुधबार देशव्यापी जम्मा ६ शो छ, त्यसमा पनि दर्शक शून्यबराबर छन् । 

‘हली’को अवस्था ‘कमला मिस’भन्दा तैबिसेक भए पनि व्यापार दयनीय नै छ । प्रदर्शनको पहिलो दिन केही शोमा २० प्रतिशतमाथि अकुपेन्सी देखिएको थियो । तर, त्यसपछिका दिनमा हलमा दर्शक सिला खोज्नुपर्ने अवस्था छ । ‘वर्ड अफ माउथ’ बलियो नहुँदा फिल्मप्रति दर्शकको आकर्षण नै बढ्न सकेको छैन । जसले गर्दा फिल्म हलहरूबाट उत्रिन थालिसकेको छ ।

प्रदर्शनमा आउँदा ‘हली’को देशव्यापी शो ५० हाराहारी थियो । तर, बुधबारसम्म फिल्मको शो ६४ प्रतिशत घटिसकेको छ । अर्थात् अहिले फिल्मको शो संख्या १६ मात्र छ । यसले पनि फिल्मको दयनीय व्यापारलाई दर्शाउँछ । आगामी सोमबार चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांक सार्वजनिक हुँदा फिल्मको व्यापार १० लाखमुनि नै हुने देखिन्छ ।

‘हली’ र ‘कमला मिस’ले दर्शकको खडेरी भोगिरहेका बेला ‘गौँथली’ र ‘स्पाइडर–म्यानः ब्रान्ड न्यू डे’ले भने हलमा दशैंको माहोल बनाएका छन् । यी दुई फिल्मले मात्रै ३४ करोडभन्दा बढीको व्यापार गरिसकेका छन् । त्यसमा ‘गौँथली’को योगदान २० करोड र ‘स्पाइडर–म्यान’को १४ करोड रहेको छ । यसरी हेर्दा ‘अफसिजन’ मानिने साउनमा नेपाली बक्स अफिस हराभरा बनेको छ ।