मिति : २०८१ वैशाख २०, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 259 - 264 of 21192
फिल्मीखबर, काठमाडौं, २०८० फाल्गुन २०, आईतवार

टिजर र ट्रेलरबाटै ठूलो ‘हाइप’ बनाएको फिल्म ‘अगस्त्य’ले इनिसियल व्यापार कस्तो गर्‍यो भन्ने चासो धेरैमा हुनसक्छ । देशभर गरि करिब डेढ सय शोज पाएको फिल्मले अपेक्षाकृत ओपनिङ गर्न चुकेको छ । पहिलो दिन फिल्मको देशभर ३० प्रतिशत हाराहारी अकुपेन्सी देखिएको थियो । शनिबारको विदामा भने फिल्मको अकुपेन्सी ६० प्रतिशतमाथि थियो । जसलाई सुखद् मान्न सकिन्छ ।

फिल्मीखबर, काठमाडौं, २०८० फाल्गुन २०, आईतवार

अभिनेता विराज भट्टले आफ्नो निर्देशन रहने आगामी फिल्म ‘१२ गाउँ’मा कलाकारको ‘लाइनअप’ बलियो बनाएका छन् । फिल्ममा उनी स्वयं मुख्य भूमिकामा प्रस्तुत हुँदैछन् भने आफ्नो छोरा समीर भट्टलाई अभिनेताको रुपमा डेब्यू गराउँदैछन् । फिल्मको मुख्य अभिनेत्रीमा सन् २०२२ की मिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का देखिँदैछिन् । अब भिलेनमा कनिज कोइराला भित्रिएका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० फाल्गुन १९, शनिवार

अभिनेत्री नन्दिता केसी विवाह बन्धनमा बाँधिएकी छन् । शनिबार लाजिम्पाटस्थित शंकर होटलमा डा. अरविन्द्र कटवालसँग उनले लगनगाँठो कसेकी हुन् । उनीहरुको विवाह समारोहमा दुई पक्षका पारिवारिक सदस्यसँगै भुवन केसी, दीलिप रायमाझी दम्पती, श्वेता खड्का, रेनशा वान्तवा राई लगायतका सेलिब्रेटीहरु पनि सहभागी थिए । बिहीबार नन्दिताको मेहेन्दी सेरोमनी भएको थियो ।

फिल्मीखबर, काठमाडौं, २०८० फाल्गुन १९, शनिवार

महाशिवरात्रीको अवसर पारेर यही फागुन २५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रङ्गेली’को रोमान्टिक गीत ‘घामले तारा’ सार्वजनिक गरिएको छ । गीतमा निशान भट्टराई र अन्नु चौधरीको स्वर, हर्क साउदको शब्द रचना तथा सुशान्त गौतमको संगीत छ । म्यूजिक प्रोड्युसर रिकेश गुरुङ किज हुन् । युरोपस्थित विश्व प्रतिष्ठित ‘बुढापेस्ट अर्केस्ट्रा’मा गीतको संगीत रेकर्डिङ भएको हो ।

फिल्मीखबर, काठमाडौं, २०८० फाल्गुन १९, शनिवार

यही फागुन २५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘उपहार’को ट्रेलर सार्वजनिक भएपछि काठमाडौंका मेयर बालेन शाहको विरोधमा फिल्म बनेको भन्दै टिप्पणी भइरहेको छ । ट्रेलरमा फुटपाथ व्यापरीहरुमाथि महानगरको धरपकड र डोजरले अनाधिकृत संरचनाहरु भत्काइएको दृश्य समावेश छ । र, अभिनेत्री रेखा थापाको एक संवादले फुटपाथ व्यापारीको समर्थन गरेको देखिन्छ ।

फिल्मीखबर, काठमाडौं, २०८० फाल्गुन १८, शुक्रवार

यही फागुन २५ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘रङ्गेली’को शीर्षकमा आपत्ति जनाउँदै सेन्सर बोर्डले प्रमाणपत्र दिन अस्वीकार गरेपछि बोर्डको आलोचना भैरहेको छ । एकपटक फेरि सेन्सर खारेजीको माग समेत चर्किएको छ । बोर्डले निर्मातालाई दुःख दिने नियतले कहिले दृश्य र संवादमा त कहिले नाममा आपत्ति जनाएर प्रदर्शन अनुमति नै नदिने गरेको फिल्मकर्मीहरुको आरोप छ ।

Results : 259 - 264 of 21192