
अभिनेत्री आँचल शर्माको करिअरले गत अप्रिलमा एक दशक पूरा गरिसकेको छ । सन् २०१६ मा प्रदर्शन भएको फिल्म ‘नाइँ नभन्नू ल ४’बाट उनले अभिनय यात्राको श्रीगणेश गरेकी थिइन् । यसपछि उनले करिअर पछाडि फर्केर हेर्नुपरेको छैन । तर, हरेक फिल्ममा उनी अभिनयको आलोचनाबाट भने मुक्त हुन सकेकी थिइनन् । प्रायः फिल्ममा त उनको अभिनय नै ‘आउड’ हुन्थ्यो ।

उच्च अदालत पाटनको आदेशमा फिल्म ‘लालीबजार’को प्रदर्शन रोकिएपछि धेरैलाई लागेको थियो- अब फिल्मलाई व्यावसायिक सफलता हासिल गर्न गाह्रो पर्छ । तर, अदालतले प्रदर्शनको बाटो खुला गरेपछि वैशाख २५ गतेबाट हलमा लागेको यो फिल्मले ‘वर्ड अफ माउथ’को बलमा देशभर उत्साहजनक व्यापार गरिरहेको छ ।

गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रोल नं १’को ट्रेलर सार्वजनिक गरिएको छ । तीन मिनेटभन्दा लामो ट्रेलरले फिल्मको कथावस्तु प्रस्ट पार्ने प्रयास गरेको छ । सामाजिक प्रतिष्ठाका लागि अभिभावकले आफ्ना सन्तानलाई दिने पढाइको दबाब र त्यसले बच्चामा पार्ने प्रभावलाई ट्रेलरमा देखाइएको छ ।

कीर्तिमानी फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलले आफ्नो नयाँ फिल्म ‘सिन्दुरे जात्रा’को छायांकन सुरु गरेका छन् । शुक्रबार पर्वतको कुश्मा नगरपालिका–१४ आर्थर डाँडाखर्क गाउँमा शुभ मुहूर्त गरेसँगै फिल्मको छायांकन थालिएको हो । मुहूर्तमा फिल्मका मुख्य कलाकारहरू विजय बराल, अञ्जना बराइली, विनोद न्यौपानेलगायत उपस्थित थिए ।

अभिनेत्री नीता ढुंगानाको डेब्यू निर्देशकीय फिल्म ‘पार्वती’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच फिल्मका दुईवटा पोस्टर दर्शकमाझ ल्याइएको हो । नीता ढुंगाना र अशोक दर्जीलाई केन्द्रमा राखिएको पोस्टरले फिल्मको कथावस्तु र पात्रहरूको मनोदशा दर्शाएको छ ।

‘बिहे पास’का निर्देशक प्रवेश पौडेलले तीन वर्षपछि नयाँ फिल्म बनाउने भएका छन् । उनले निर्देशन गर्ने फिल्मको नाम ‘मेरो प्रेम अधुरो’ राखिएको छ । शुक्रबार थिम पोस्टरमार्फत यस फिल्मको औपचारिक रूपमा निर्माण घोषणा गरिएको हो । निर्देशनको हिसाबले प्रवेशको यो तेस्रो फिल्म हुनेछ । उनले ‘अमेरिका ब्वाइज’बाट निर्देशकीय यात्रा सुरु गरेका थिए ।

