मिति : २०८२ वैशाख २३, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 241 - 246 of 22575
फिल्मीखबर, काठमाडौं, २०८१ फाल्गुन १९, सोमवार

संसारकै सबैभन्दा प्रतिष्ठित मानिएको ‘ओस्कार अवार्ड’मा सेक्स वर्करको कहानीमा आधारित भएर बनेको फिल्म ‘अनोरा’ले वर्चश्व कायम गरेको छ । सोमबार बिहान अमेरिकाको लस एन्जलसस्थित डल्बी थिएटरमा आयोजित समारोहमा यो फिल्मले पाँच विधामा अवार्ड जित्न सफल भयो । उत्कृष्ट फिल्म, निर्देशक, अभिनेत्री, सम्पादन र मौलिक पटकथा विधामा फिल्मले अवार्ड जितेको हो ।

फिल्मीखबर, काठमाडौं, २०८१ फाल्गुन १९, सोमवार

गायिका तथा मोडल मञ्जयाश्री भट्टको नयाँ गीत ‘झ्याइँ’लाई अभूतपूर्व सफलता मिलेको छ । गत ९ अगस्टमा युट्युबमा सार्वजनिक भएको गीतलाई ८ करोड ४५ लाख बढी भ्यूज मिलिसकेको छ भने रिलिजपछि संसारभर ट्रेन्डिङमा समेत परेको थियो । नेपाली र भारतीय संगीतको फ्युजन रहेको गीत अमेरिकाको न्यूयोर्कस्थित पर्यटकीय गन्तव्य टाइम्स स्क्वायरमा सार्वजनिक गरिएको थियो ।

फिल्मीखबर, काठमाडौं, २०८१ फाल्गुन १८, आईतवार

‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड अभिनेता विजय बराललाई मुख्य भूमिकामा लिएर बन्न लागेको फिल्म ‘जनै हराएको बाहुन’ आगामी वर्षको तीजमा रिलिज हुने भएको छ । आइतबार निर्माताले एक थिम पोस्टर सार्वजनिक गर्दै तीजलाई प्रदर्शन मिति घोषणा गरेका हुन् । अब यो फिल्मको आउँदो तीजमा कलाकार केदार घिमिरे अभिनीत फिल्म ‘माग्ने राजा’सँग बक्स अफिसमा भिडन्त हुनेछ ।

फिल्मीखबर, काठमाडौं, २०८१ फाल्गुन १८, आईतवार

चर्चित साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित फिल्म ‘जार’को पहिलो गीत ‘ए ठूली’ सार्वजनिक गरिएको छ । गीतमा झुमा लिम्बु र पवन गिरीको पार्श्व गायन छ भने हर्क साउदको शब्द रचना छ । संगीत निर्माण एवं एरेञ्ज गंगा थापाको हो । मिक्सिङ तथा मास्टरिङ विश्व शाहीको छ । गीतमा समावेश संगीत र शब्दले सयौँ वर्ष पुरानो नेपाली समाजको प्रतिनिधित्व गर्छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ फाल्गुन १८, आईतवार

घरेलु बक्स अफिसमा सर्वाधिक कमाइको रेकर्ड बनाएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माता कम्पनी सेभेन सिज सिनेमाका विनोद पौडेलले नयाँ फिल्मको रुपमा ‘अभिमन्यु’ निर्माणको घोषणा गरेका छन् । आइतबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको शीर्षकसहित आगामी साउन २४ गतेलाई प्रदर्शन मिति समेत घोषणा गरिएको छ । फिल्मलाई सुशान्त गौतमले निर्देशन गर्नेछन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ फाल्गुन १८, आईतवार

‘कबड्डी’ जोडी दयाहाङ राई र विजय बराललाई मुख्य भूमिकामा लिएर बन्न लागेको फिल्म ‘वरिष्ठ बलराम’को शुभ मुहूर्त गरिएको छ । आइतबार बिहान काठमाडौंको बुढानीलकण्ठ मन्दिरमा मुहूर्त पूजा गरेपछि फिल्मको टिम छायांकनका लागि तराई प्रस्थान गरेको छ । फिल्मको छायांकन चितवन र हेटौंडासहित तराईका विभिन्न जिल्लामा गरिने निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए ।

Results : 241 - 246 of 22575