
बिहीबार काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको उपचारको क्रममा निधन भएको छ । शरीरको करिब ५५ प्रतिशत भाग जलेर गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचार भइरहेको थियो । उनको निधनपछि सामाजिक सञ्जालमा सरकारको व्यापक आलोचना भइरहेको छ ।

अभिनेता सारुक ताम्राकारको निधन भएपछि निर्माणकै क्रममा रोकिएको फिल्म ‘ह्यासट्याग माया’का निर्देशक राजीव गुरुङ तीन वर्षपछि नयाँ फिल्म ‘आशा’मार्फत निर्देशनमा फर्किने भएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच फिल्मको औपचारिक रूपमा निर्माण घोषणा गर्दै आगामी माघ १ गते (माघे संक्रान्ति)लाई प्रदर्शन मिति पनि तय गरियो ।

‘दंगल’ निर्देशक नितेश तिवारीको निर्देशनमा बनेको नयाँ फिल्म ‘रामायण’ सन् २०२६ को सबैभन्दा बहुप्रतीक्षित भारतीय फिल्म हो । आइएमडीबीको ‘मोस्ट एन्टिसिपेटेड इन्डियन मुभिज’को सूचीमा समेत पहिलो स्थानमा परेको यो फिल्मको पहिलो भाग तिहारमा प्रदर्शन हुँदैछ । फिल्मले भारतमा अहिलेसम्मकै सबैभन्दा ठूलो ओपनिङ गर्ने अनुमान गरिएको छ ।

‘दले दाइ’को रूपमा परिचित हास्य कलाकार सुमन कोइराला अब फिल्मका हिरो बन्ने भएका छन् । उनले फिल्म ‘तिरिमिरी झ्याइँ’बाट डेब्यू गर्न लागेका हुन् । यो फिल्मको बिहीबार बिहान काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा वैदिक विधिअनुसार पूजाआजा गर्दै शुभ मुहूर्त गरियो । फिल्मको छायांकन भने यही असार २९ गतेबाट सुरु हुने जनाइएको छ ।

स्त्रीरोग विशेषज्ञ तथा निर्माता डा. भोला रिजालका छोरा डा. कपिल रिजालले निर्देशन गरेको फिल्म ‘गौँथली’को ट्रेलरले दर्शकलाई आकर्षित गर्न सफल देखिएको छ । ५ दिनअघि युट्युबमा रिलिज भएको ट्रेलरले ७ लाखभन्दा बढी भ्यूजसहित मुभी सेक्सनतर्फ ट्रेनिङको दोस्रो स्थान समेत कब्जा गरेको छ । ट्रेलरलाई सामाजिक सञ्जालमा प्रतिक्रिया पनि लोभलाग्दो मिलेको छ ।

अभिनेत्री नम्रता श्रेष्ठको जन्मदिन जुन १४ (३१ जेठ)मा पर्छ । अर्थात् यस वर्ष उनको जन्मदिन गइसकेको छ । तर, उनले बुधबार मात्र आफ्नो जन्मदिन मनाएको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् । भिडियो ढिलो पोस्ट गर्नुको कारण भने उनी २८ दिनदेखि पञ्चकर्म (आयुर्वेदको विशिष्ट चिकित्सा पद्धति)मा थिइन् । त्यो अवधिभर उनले मोबाइल चलाएकी थिइनन् ।

