
असोज २७ गते हुने चलचित्र कलाकार संघको निर्वाचनका लागि अध्यक्ष पदमा अर्को उम्मेदवारी घोषणा भएको छ ।

नेकपा माओबादीले औपचारिक रूपमा देशभर भोलिदेखि हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने निर्णयलाई लिएर आफ्नो धारणा प्रस्तुत गर्न डाकिएको चलचित्र संघको पत्रकार सम्मेलन आजलाई स्थगित भएको छ।

मंसिर ८ गतेको देशब्यापी रिलिज मिती तय गरिएको फिल्म समयको प्रेस मिट गर्दै अफिशियल प्रोमोसंगै अडियो सार्वजनिक गरियो । दयाराम दाहालको ४१ औँ फिल्म निर्देशन रहेको यो फिल्मलाई सन्देश श्रेष्ठसंगको संयुक्त प्रोडक्सनमा अभिनेत्री मौसमी मल्लले निर्माण गरेकी हुन् ।

मंसिर १०गते सम्म ताम्सालिङ क्षेत्रका दश जिल्लामा हिन्दी फिल्म प्रदर्शन गर्न प्रतिबन्ध गर्ने निर्णय गरेको नेकपा माओवादीको सो निर्णयमा हेरफेर भएको छ ।

अभिनेत्री मौसमी मल्लसँग मिलेर सन्देश श्रेष्ठले निर्माण गरेको फिल्म 'समय' को अफिसियल प्रोमोलाई फिल्मीखबरले सार्वजनिक गरेको छ ।

आगामी शुक्रबार रिलिज हुने भनिएको फिल्म माई ब्रदर असोज २६ मा सरेपछि सो दिन तीन फिल्म भिसा गर्ल, लेटर र जय होस् मात्र रिलिज हुनेछन् ।

