चपली हाईटबाट राम्रो हाईट पाएपछि नायिका बिनिता बराल एक पटक त संसार भरका नेपालीहरू माझ छाईन् । फिल्मको सफलतासँगै बिनिताले राम्रो चर्चा पाईन्। तर, पछिल्लो फिल्म फुलस्टपले भने उनको चर्चालाई फुलस्टप नै लगाईदियो ।
एकाएक शिखरको चुचुरोमा पुगेर पुन: एक्कासी झर्न पर्दा पिडा सबैला हुन्छ । सायद त्यसको महसुस बिनिताले पनि गरिन् होला र त अहिले उनी गुपचुपका नयाँ फिल्मको काम गरिरहेकी छिन् । करिब ८० % सुटिङ सकिएको अवस्थामा पनि उनले हल्ला गर्न चाहेकी छैनन् । आखिरमा बिनिताले किन लुकाईन त ? भन्छिन्, 'चर्चा अलि धेरै भयो अब काम गरेर देखाउँ भन्ने लाग्यो अनि हल्ला गरिएन ।'
'अहिले सुटिङ भईरहेको फिल्म एउटा प्रयोग हो त्यसैले हल्ला भन्दा काम गरेर देखाउनु छ मलाई', बिनिताले फिल्मको बारेमा केहि खुल्दै भनिन्, 'कथा फिक्सन नै हो तर साधारण छैन ।' चपली हाईटको बेला नै कथालाई बुनिरहेकी बिनिताले निरञ्जन पाण्डे र सौरभ ढकालको सहयोगमा अहिले सुटिङ भईरहेको अनटाईटल फिल्मको कथा तयार पारेकी हुन् । मुभी इन्फिनिटीले निर्माण गरेको यो फिल्मलाई निरञ्जन पाण्डे र सौरभ ढकालले नै निर्देशन गरिरहेका छन् ।
चित्लाङ, चिसापानी र काठमाण्डौ वरपर नै सुटिङ सक्ने बताईएको यो फिल्मको २० प्रतिशत कामका लागि अहिले होमवर्क चलिरहेको बिनिताले बताईन् । ओस्कार कलेज र नाट्य बिधाका कलाकारहरूलाई राम्रो तरिकाले इन्ट्रोडक्सन गराउन लागेकाले पनि होमवर्क जरूरी रहेको बिनिता बताउँछिन् । तर फिल्मको कथा भने आफ्नै वरिपरि घुमेको बिनिताले बताईन् ।

