Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

किम्फमा आज सुनगाभाको रेड कार्पेट प्रिमियर

फिल्मीखबर, काठमाण्डौ, 2012/12/11

विभिन्न अर्न्तराष्ट्रिय फिल्म फेस्टिवलमा सहभागी भएको सुवर्ण थापा निर्देशित फिल्म सुनगाभाको आज स्पेशल प्रिमियर शो आयोजना हुँदैछ । दिउँसो ३ बजे भृकुटीमण्डप सिटी हलमा यो फिल्मको रेड कार्पेट प्रिमियर शोको तयारी आयोजक हिमाल एशोसिएशनले गरिरहेको छ ।

 

फिल्मलाई हिजो सञ्चारकर्मीमाझ पनि प्रदर्शन गरिएको थियो तर आजको शोलाई स्पेशल प्रिमियर शो भनिएको छ । प्रिमियर शोमा फिल्म क्षेत्रबाट विशिष्ट ब्यक्तिहरुको उपस्थिती हुँदैछ । दुई समलिङ्गी महिलाहरुको प्रेम सम्बन्धलाई फिल्म मार्फत उतारिएको यो फिल्मका लिड एक्टर निशा अधिकारी र दिया मास्के हुन् । गत २२ गते देखि सुरु भएको दशौ संस्करणको फिम्फको समापन पनि आजै हुँदैछ ।

 

फ्रान्सको पेरिसमा पोस्टप्रोडक्सन गरिएको सुनगाभा फिल्ममा सौगात मल्ल, बसुन्धरा भुषाल, सरिता गिरी, मेनुका प्रधान लगायतको पनि अभिनय रहेको छ । काठमाण्डौमा सुटिङ गरिएको फिल्मलाई फ्रान्सेली छायाँकार सारा कोर्नुले खिचेकी हुन् । यो फिल्म पौष २० गते देशभर एकसाथ सार्वजनिक प्रदर्शनमा आउँदैछ ।