Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मनीषाको पाठेघरको शल्यक्रिया सम्पन्न

न्यूयोर्क, काठमाण्डौ, 2012/12/11

पाठेघरको क्यान्सरबाट पिडित अभिनेत्री मनिषा कोईरालाको न्यूयोर्कमा शल्यक्रिया सम्पन्न भएको छ । नेपाली समय अनुसार मंगलबार बिहान सवा दश बजे करिब ६ घण्टा लगाएर न्यूयोर्कको म्यानहाटन स्थित मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा शल्यक्रिया सम्पन्न गरिएको हो ।

 

पाठेघर क्यान्सर बिशेषज्ञ डेनिस चीले मनिषाको पाठेघरको शल्यक्रिया गरेका हुन् । शल्यक्रिया सम्पन्न भए पनि परिवारले मनिषालाई भेट्न पाएका छैनन् । मनीषाका बुबा प्रकाश, आमा सुष्मा र भाई सिद्धार्थ सहित केहि आफन्तहरू अस्पतालमा रहेको बताईएको छ । मनिषाको स्वास्थ्य अवस्थाको बारेमा अहिले केहि खुलाईएको छैन तर पनि चिकित्सकले परिवारलाई चिन्ता नगर्न आग्रह गरेका छन् ।

 

फुड प्वाइजनको आशंकामा शुरूमा काठमाण्डौको नर्भिक अस्पतालमा भर्ना भएकी मनिषालाई क्यान्सर भएको देखेपछि मुम्बईको जसलोक अस्पताल पुर्‍याईएको थियो । जलसोकमा केहि दिन राखेपछि शल्यक्रियाका लागि कोईराला परिवारले अमेरिका लगेको हो ।