
आजबाट औपचारिक रुपमा दश दिनका लागि देशब्यापी हिन्दी फिल्म प्रदर्शन नहुने भएपछी फिल्म रिलिज लिष्टमा उतार चढाव आएको छ । हिन्दी फिल्म रोक्का संगै केही स्थानमा चलिसकेका फिल्मलाई रिपिट गरिएको छ भने आउँदो हप्तालाई पनि एक फिल्म थप गरिएको छ ।

ज्वालामुखी निर्देशन पश्चात फिल्म निर्देशनबाट टाढिएका निर्देशक महेन्द्र बुढाथोकी पुनः फिल्म निर्देशनमा फर्किएका छन् । संगम, त्रिवेणी, आँधितुफान र मैदान निर्देशन सहित चर्चित टेलिफिल्म करुणा समेत निर्देशन गरेका महेन्द्रले आईतबार देखि 'स्टार' टाईटल राख्दै फिल्म निर्देशन सुरु गरेका हुन् ।

मुकेशले मेलिनालाई पाँच सेट कुर्ता सरवाल उपहार दिए भने मेलिनाले मुकेशलाई उपहार स्वरूप एक किस दिईन् ।

नेपाली फिल्ममा व्यस्त नायकको सुचिमा परेमा जीवन लुईटेलका आफ्नै भाई निराजन लुईटेल पनि फिल्मको हिरो बन्दै छन् । हाल पूर्वको भेडेटारमा सुटिङ भईरहेको फिल्म 'त्रास' बाट निराजनले डेब्यू गर्दैछन् ।

बोलीमा दम नभएपछि खै के पाउछन् उनले आलोचना वा प्रसंसा आफ्ना लागि कुनै शब्द राखेका छैनन् शोभित बस्नेतले । विभिन्न बिषयले कन्ट्रोभर्सी मा फसिरहने शोभितले २५ औँ निर्देशन पश्चात फिल्म निर्देशन नगर्ने बताएका थिए तर त्यो बोली बोलेको तीन महिना पुग्न नपाई उनले आफ्नो बोली फेरेका छन् ।

कुनै पनि नयाँ चिज सार्वजनिक गर्न होस् या उदघाटन गर्न पाका व्यक्तिलाई डाक्ने गरिन्छ । तर आईतवार भने एक सामारोहमा पछिल्लो पुस्ताका कलाकारलाई मुख्य अतिथी बनाईयो ।

