Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

किम्फमा `हु विल बी अ गोर्खा` उत्कृष्ट

फिल्मीखबर, काठमाण्डौ, 2012/12/11

जुन फिल्मबाट किम्फको दशौ संस्करण सुरु गरिएको थियो सोही फिल्मले किम्फमा यस पटक बाजी मारेको छ । केसाङ छेतेनले बनाएको 'हु वील बी अ गोर्खा' ले पब्लिक च्वाईस सहित अर्न्तराष्ट्रिय पानारोमाको पहिलो अवार्ड जित्न सफल भएको छ ।

 

बेलायती सेनामा भर्ति हुन नेपालीहरुले गर्नु परेको संघर्षको कथालाई ७५ मिनेटमा उतारिएको यो फिल्मले सर्वोत्कृष्ट भए वापत १५ सय अमेरिकी डलर पुरस्कार पाएको छ । यस्तै दोस्रो हुँदै पोल्याण्डको ७० मिनेटको फिल्म 'आर्ट अफ फ्रिडम' ले १ हजार अमेरिकी डलर पुरस्कार पाएको छ । भृकुटीमण्डप स्थित सिटी हलमा खचाखच दर्शकको उपस्थितीमा वितरण गरिएको पाँच सय डलरको तेस्रो पुरस्कार चाहि फ्रान्सको ९० मिनेटको फिल्म 'नो मेडिक नाईटस' ले पाएको छ ।


गत २२ गते देखि सुरु भएको यो महोत्सवको नेपाल पानारोमा तर्फ उत्कृष्ट ३० मिनेटको 'काठमाण्डू' उत्कृष्ट ठहरियो । रमेश खड्काले बनाएको यो फिल्मलाई ५० हजार नेपाली रुपैयाको पुरस्कार प्रदान गरियो । यसैगरी असिम चित्रकारको ११ मिनेट ४६ सेकेन्डको 'हरि' टाईटलको फिल्मलाई चलचित्र बिकास बोर्डको तर्फबाट प्रोत्साहन स्वरुप २५ हजार राशिको पुरस्कार प्रदान गरियो ।


किम्फको अन्तिम दिन आज नेपाली फिचर फिल्म सुनगाभाको रेड कार्पेट प्रिमियरको साथमा एरिक भ्यालिले बनाएको यार्सागुम्बा सम्बन्धी डकुमेन्ट्री 'हिमायलन गोल्ड रस' प्रदर्शनसंगै किम्फ समापन गरियो । पाँच दिन सम्म चलेको किम्फमा २८ देशका ६२ वटा लामा छोटा फिल्म तथा डकुमेन्ट्री प्रदर्शन गरिएका थिए ।