Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दोहामा सुमिनाको नौ बजाईने

फिल्मीखबर, काठमाण्डौ, 2012/12/11

सुटिङ पूर्व नै स्क्रिप्टको कारण निकै चर्चा पाएको फिल्म 9 O'clock को कतारमा प्रथम प्रदर्शन गरिने भएको छ । आगामी जनवरी ४ तारिखका दिन कतारको दोहा सिनेमा हलमा फिल्मको प्रदर्शन गरिने निर्देशक बाबुराम ढकालले जानकारी गराए ।
 

फिल्मका स्क्रिप्ट राईटर प्रकाश पुरीको संयोजकत्वमा दोहामा फिल्म प्रदर्शन गर्न लागिएको हो । फिल्म प्रदर्शनका लागि निर्देशक ढकाल र लेखक पुरी दोहा पुग्ने भएका छन् । फिल्मको प्रिमियर भने नायक ध्रुब दत्तको संयोजकत्वमा हङकङमा गरिने भएको छ । निर्देशक ढकालले फेब्रुअरी महिनामा हङकङमा प्रिमियर गर्ने तयारी भएको बताए । नेपालमा भने यो फिल्म फाल्गुन ११ गते रिलिज हुनेछ ।

 

आर्यन फिल्म्सको व्यानरा रमेश संवेदनाले निर्माण गरेको यो फिल्मको कथा नायिका सुमिना घिमिरेको वरिपरि घुमेको बताईएको छ । सुमिनालाई अनस्क्रिन साथ नायक ध्रुब दत्तले दिएका छन् । यो फिल्मलाई रामशरण उप्रेतीले खिचेका हुन् भने सम्पादन विपिन मल्लले गरेका हुन् ।