
शनिबार सम्पन्न चलचित्र कलाकारसंघको ११औँ साधारणसभा एवं निर्वाचन कार्यक्रममका तस्बिहरु । थप तस्बिरका लागि फोटो ग्यालरी लिकंमा क्लिक गर्नुस ।

शनिबार सम्पन्न चलचित्र कलाकार संघको निर्वाचनबाट आएको नयाँ कार्यसमितिलाई भोली आईतबार साँझ नेतृत्व हस्तान्तरण गरिने भएको छ ।

नेपाल चलचित्र कलाकार संघको नयाँ कार्यसमितीको लागि आज शनिबार भएको निर्वाचनमा अध्यक्ष पदका लागि नवल खड्का बिजयी भएका छन् । उनले आफ्ना प्रतिष्पर्धी गिरीधारी बाँस्तोला (सबिन) लाई १७८ मतको अन्तरले हराए ।

नेपाल चलचित्र कलाकार संघको नयाँ कार्यसमितीको लागि आज शनिबार भएको निर्वाचनमा सदस्य पदका लागि १० सदस्य निर्वाचित भएका छन् । सदस्य पदका लागि २० जना बिच भएको प्रतिष्पर्धामा बिजयी भएका १० सदस्यमा सुमिना घिमिरे, शंकर बिसी, सरोज केसी, मनोज श्रेष्ठ सुष्मिता कार्की, श्रीराम पुडासैनी, पुजना स्त्री, प्रदीप सिंह, बिजय देउजा र सुशिल पोखरेल रहेका छन् ।

नयाँ नेतृत्व आउने केही घण्टा पूर्व रमेश बुढाथोकीको नेतृत्वमा रहेको चलचित्र कालकार संघले ११ औँ साधारणसभाको अवसर पारेर केही फिल्मकर्मीहरुलाई सम्मान गरेको छ ।

पूर्व प्रधानमन्त्री एवं नेपाली काग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले कलाकारलाई राज्यको पाँचौ अङ्गको संज्ञा दिएका छन् ।

